Nepal's No. 1 Digital Newspaper

महिनौँको तनावपछि इरानको आणविक सम्झौतालाई जोगाउन हस्ताक्षरकर्ता राष्ट्रको बैठक सुरु

एजेन्सी । सन् २०१५ मा सम्पन्न इरानको आणविक सम्झौताका पक्षधर राष्ट्रहरुबीच आइतबार भियनामा भेटेवार्ता भएको छ । भेटवार्तालाई इरान र पश्चिमी शक्तिबीच बढिरहेको तनावलाई मत्थर पार्ने प्रयासको रुपमा हेरिएको छ ।

सन् २०१८ मे महिनामा सम्झौताबाट अमेरिका बाहिरिएपछि त्यसका बाँकी हस्ताक्षरकर्ता राष्ट्र बेलायत, फ्रान्स, जर्मनी, रुस, चीन र इरानले सम्झौतालाई कायम राख्ने प्रयास गरिरहेका छन् ।

Order Now: 98510-87891

आणविक सम्झौताबाट बाहिरिए लगतै अमेरिकाले इरानमाथि पुनः कडा प्रतिबन्ध लागु गर्यो, जसले इरानको अर्थतन्त्रमा ठूलो संकट उत्पन्न गराएको छ ।

अमेरिकाको प्रतिबन्धलाई बाइपास गरेर इरानको व्यापारलाई जारी गराउने युरोपेली देशहरुको प्रयासले कुनै प्रतिफल दिएको छैन ।

अमेरिकी प्रतिबन्ध पनि लाग्ने र आणविक सम्झौतामा पनि कायम रहनुपर्ने अवस्थाका बीच अर्थतन्त्रमा गम्भीर असर पर्न थालेपछि यही महिनाको सुरुबाट तेहरानले सम्झौताको उल्लंघन गरेर आणविक गतिविधि बढाउने धम्कीलाई कार्यान्वयन गर्न थालेको छ ।

‘यदी सम्झोताका अन्य हस्ताक्षरकर्ता राष्ट्रहरुले तिनको प्रतिबद्धता पुरा गरे भने हाम्रा सबै उल्लंघन भएका कदम उल्टाउन सकिने छन्,’ एक जना इरानी कुटनीतिज्ञले भियाना बैठक अघि मिडियासँगको कुराकानीमा भने ।

इरानले मे महिनामा नै प्रतिबन्धले अर्थतन्त्रमा असर पारेमा आणविक सम्झौताअनुरुप पालना गर्नुपर्ने प्रतिबद्धताबाट पछि हट्दै जाने धम्की दिएको थियो ।


इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धले तेल बजारमा कस्तो छ असर? 


सन् २०१५ मा इरानसँग आणविक सम्झौता हस्ताक्षर भएपछि इरानमाथि लागिरहेको अधिकांश प्रतिबन्ध हटाइएको थियो । बदलामा इरानले उसको आणविक क्रियाकालापलाई सिमित पार्यो ।

भियना बैठक, इरानको रिभोलुसनरी गार्डले ब्रिटिस तेल ट्याङ्कर कब्जामा लिएको केही दिनपछि सुरु भएको छ । ब्रिटेनले जिब्राल्टरमा तेल ट्याङ्कर कब्जामा लिएको दुई हप्तापछि इरानले जवाफी कदम लिएको थियो । 

शनिबार इरानको वरिष्ठ आणविक वार्ताकार अब्बास आरक्चीले इरानको तेल ट्याङ्कर कब्जामा लिएर ब्रिटेनले आणविक सम्झौता उल्लंघन गरेको आरोप लगाए ।

‘हामीले स्ट्रेट अफ जिब्राल्टरमा इरानी तेल बोकेको तेल ट्याङ्कर कब्जा लिएको देख्यौं । हाम्रो दृष्टिकोणमा यो कार्य आणविक सम्झौताको उल्लंघन हो,’ आरक्चीले भने, ‘ आणविक सम्झौतामा सहमत छौँ भन्ने राष्ट्रले इरानी तेलको निर्यातमा अवरोध पु¥याउनु भएन ।’

आफ्नो देशका तेल ट्याङ्कर कब्जा गरिएपछि ब्रिटेनले ‘स्ट्रेट अफ हरमुज’मा ढुवानी हुने तेल ट्याङ्करको सुरक्षाको लागि युरोपेली नेतृत्वमा रहने नौसनिक मिसनको आह्वान गरेको छ ।

इरान सरकारले भने त्यस्तो कार्यले ‘शत्रुतापूर्ण सन्देश’ प्रचार गर्ने बताएको छ ।

अमेरिकाले प्रतिबन्धमार्फत तेल निर्यात रोकियो भने ‘स्ट्रेट अफ हरमुज’ हुदैं हुने सम्पूर्ण अन्तर्राष्ट्रिय तेल ढुवानी रोकिदिने इरानले चेतावनी दिएको छ ।

कमेन्ट


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.