Nepal's No. 1 Digital Newspaper

सिताराम हाछेथुको नेतृत्वमा ट्राफिक जनसचेतना सम्बन्धी कार्यक्रम सुरु

काठमाडौं– पूर्व ट्राफिक प्रहरी निरिक्षक सिताराम हाछेथुको नेतृत्वमा विद्यालयस्तरीय ट्राफिक जनसचेतना सम्बन्धी कार्यक्रम सुरु भएको छ । प्रहरी प्रधान कार्यालयमार्फत महानगरीय ट्राफिक महाशाखाको समन्वयमा सुरु भएको सो अभियान आजदेखि भक्तपुरको भारती विद्यालयबाट सुरु भएको हो । सो अभियान उपत्यकाका ३ जिल्लामा सञ्चालन गरिने हाछेथुले बताए ।

उक्त विद्यालय हाछेथु आफैंले प्राथमिक स्तरको शिक्षा लिएको विद्यालय पनि हो । प्रहरी प्रधान कार्यलयको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको उक्त अभियानलाई निरन्तर अघि बढाइने समेत हाछेथुले बताए । उनले भने, ‘म आफैंले प्राथमिक तह अध्ययन गरेको भारती स्कुलबाट अभियान सुरु गरेका छौं ।

Order Now: 98510-87891

कक्षा १ देखि ६ कक्षासम्मका विद्यार्थीलाई दुर्घटनाबारे सचेतना जगाउने गरी कक्षा लिने काम गरेका छौं । विद्यार्थीहरुबाटै चेतना जगाउन सकियो अभिभावकसम्म पनि यसको प्रभाव पर्छ जस्तो लाग्छ ।’ ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त देखिएको उपत्याकामा यो कार्यक्रम निकै प्रभावकारी हुने हाछेथुले दाबी गरे ।
 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.