Nepal's No. 1 Digital Newspaper

इन्टेरियरको माग बढेसँगै संगठित भए डिजाइनर

काठमाडौं– नेपालमा इन्टेरियरको माग बढेसँगै डिजाइनरहरु संगठित भएका छन् । व्यक्तिगत संस्था दर्ता गरी काम गर्दै आएका इन्टेरियर डिजाइनरहरु बजारको माग र आफ्नो पेशाको रक्षाको लागि भन्दै संगठित भएका हुन् ।

इन्टेरियर डिजाइनर एसोसिएसनको स्थापनासँगै डिजाइनर एक भएर काम सुरु गरेका छन् । र, एसोसिएसनसँग २ सय जना आवद्ध छन् । 

Order Now: 98510-87891

एसोसिएसनकाअनुसार हाल नेपालमा यस क्षेत्रमा मात्रै बार्षिक रुपमा ३ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको छ । नेपालमा बार्षिक रुपमा एक सय २० जना इन्टेरियर डिजाइनर थपिने गरेको एसोसिएसनले जनाएको छ । 

केही दिन अगाडी काठमाडौंमा ‘सहकार्य’ नारा दिएर एक कार्यक्रमको आयोजना गरी एसोसियसनले इन्टेरियर डिजाइनर र यसको अवस्था बारे जानकारी दिएको छ ।

नेपालमा इन्टरनेटको सहज पहुँच, सामूहिक तथा व्यवस्थित आवास बन्नु र नेपालीहरुको विदेश आवात जावातले पनि इन्टेरियरको महत्व बढाएकोे एसोसियसनकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले बताइन् । 

नेपालीको रहनसहन परिवर्तनसँगै इन्टेरियरको मागमा वृद्धि भएको उनको भनाई छ । बजारको माग र इन्टेरियर पेशालाई व्यवस्थित र मार्यादित बनाउनकै लागि संघको स्थापना भएको अध्यक्ष कक्षपतिले बताइन् ।

एसोसिएसनका महासचिव श्यामबहादुर श्रेष्ठका अनुसार घरभित्रको सामग्रीलाई बैज्ञानिक तवरबाट मिलाउनका लागि इन्टेरियरको भूमिका महत्वपूर्ण हुन्छ । ‘कुन सामग्रीलाई कसरी मिलाएर राख्दा कोठाको सौन्दर्यता बढ्छ, त्यो इन्टेरियर डिजाइनरले जानेको हुन्छ,’  महासचिव श्रेष्ठले भने । इन्टेरियरभित्र लाइटिङ, मार्वल, सोफा सजावटलगायतका सामग्रीलाई कसरी राख्ने भनेर ख्याल गरिने उनको भनाइ छ । 

अहिले हरेकजसो मानिसले घर बनाउँदा सबैभन्दा पहिला इन्टेरियर (घर सजावट)को ख्याल गर्ने गरेको एसोसिएसनका सचिव प्रार्थना भट्टराईले बताइन् । 

एउटा घर अथवा भवनको निर्माण गर्दा सिभिल इन्जिनियर, आर्किटेक्ट र इन्टेरियरको आवश्यकता एकसाथ पर्ने भएकाले यी तीन कुरालाई एकसाथ लिएर अघि बढ्नु पर्नेमा धेरै नेपाली सचेत रहेको भट्टराईले बताइन् ।केही वर्ष अघिसम्म घरलाई बाहिरी रुपमा मात्रै सजाउने गरिन्थ्यो । तर, अहिले घरलाई भित्री रुपमा पनि सजाउने प्रचलन बढेको उनको भनाई छ । 

एलइडी लाइट उत्पादन गर्दै आएको कम्पनी लिगेरोका सेल्स निर्देशक महेन्द्र खान्नाले इन्टेरियर डिजाइन गर्दा सबैभन्दा पहिला लाइट कस्तो राख्ने भनेर छान्नुपर्ने बताए । 

त्यसैगरी, पछिल्लो समय घर बनाउँदा वास्तुलाई विशेष ख्याल गर्ने गरेको पाइन्छ । वास्तुलाई ख्याल गर्दा इन्टेरियर पनि सँगै आउने हेरिटेज नेपालका प्रबन्ध निर्देशक कमल आचार्यले जानकारी दिए । इन्टेरियर गरिएको घर तथा कोठा आकर्षक र मनमोहक हुने भएकाले मानिसलाई आनन्द प्रदा गर्दछ त्यसैले पनि इन्टेरियर डिजाइन अति महत्वपूर्ण भएको आचार्यले बताए ।

नेपालमा अहिले दुई वटा कलेजले इन्टेरियरको ब्याचलरसम्मको कोर्स पढाइरहेका छन् । यसले गर्दा पनि बजारमा नयाँ नयाँ विद्यार्थी उत्पादनमा वृद्धि भएको एसोसिएसनले जानकारी दिएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.