Nepal's No. 1 Digital Newspaper

ग्रीजम्यानको सरुवा विवादमा

एजेन्सी एट्लेटिको म्याड्रिडबाट दुई साताअघि मात्र बार्सिलोनामा सरुवा भएका एन्टोइन ग्रीजम्यानको सरुवा विवादमा परेको छ । बार्सिलोनाले ग्रीजम्यानलाई पाँचबर्षको लागि अनुबन्ध गरेको थियो । बार्सिलोनाले ग्रीजम्यानको रिलिज क्लज बराबरको एक सय आठ मिलियन पाउन्ड रकम ला लिगाको कार्यालयमा ग्रीजम्यानका वकिलमार्फत जम्मा गरेको थियो । 

त्यसपछि बार्सिलोनाले एक पक्षीय रुपमा खेलाडी अनुबन्धको घोषणा गरेको एट्लेटिकोको आरोप थियो । एट्लेटिकोले बार्सिलोनाले नियम विपरित आफ्ना खेलाडी लगेको भन्दै थप रकम समेत माग गर्दै आएको छ । उसले ग्रीजम्यानका लागि बार्सिलोनासँग दुई सय मिलियन युरोको माग गरिरहेको छ ।

Order Now: 98510-87891

एट्लेटिकोले स्पेनिस ला लिगा र स्पेनिस फुटबल संघमा मुद्दा समेत हालेको थियो । यस विषयमा ला लिगाले छानबिन गरिरहेको छ । एट्लेटिकोले ला लिगाबाट उचित निर्णय नपाए बार्सिलोनाविरुद्ध विश्व फुटबल महासंघ (फिफा) मा उजुरी दिने पनि बताएको छ ।

ला लिगाका अध्यक्ष जाभियर टेबसले एट्लेटिकोको उजुरीमा छानविन भईरहेको र निर्णय चाँडै बाहिर आउने बताएका छन् । एट्लेटिकोले प्रमाणसहित बार्सिलोनाविरुद्ध उजुरी दिएकाले ग्रीजम्यानको सरुवामा प्रतिबन्ध लाग्न सक्ने बताईएको छ । ‘उजुरीको विषयमा अनुसन्धान जारी छ । कुनै पक्ष मर्कामा परेको भए उसलाई न्याय हुनेछ,’ टेबसले भने । बार्सिलोना दोषी ठहरिएमा उसलाई आर्थिक जरिवाना सहितको कारबाही हुनेछ । जसमा ग्रीजम्यानको सरुवा समेत रोकिने सम्भावना छ ।

ला लिगाले आफ्नो छानबिन सकेर कारबाहीका लागि स्पेनिस फुटबल संघलाई सिफारिस गर्नेछ । त्यसपछि संघको कारबाही र निर्णयनै अन्तिम हुनेछ । फ्रान्सेली २८ बर्षीय ग्रीजमक्यानले गत मंगलबार मात्र बार्सिलोनाबाट डेब्यु गरेका थिए । उनको डेब्यु खेलमा बार्सिलोना प्रिमियर लिग क्लब चेल्सीसँग २–१ गोलले पराजित भएको थियो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.