Nepal's No. 1 Digital Newspaper

बाढी पीडितहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार क्रियाशील छ : गृहमन्त्री थापा

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउन तीनै तहको सरकार क्रियाशील रहेको बताएका छन् । गृहमन्त्री थापाले बुधबार जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पीडितलाई राहत, उद्धार र बसोबासको व्यवस्था गर्न सम्बन्धित निकायलाई परिचालन गरिएको पनि स्पष्ट पारे । उनले मनसुनी वर्षा अझै हुने भएकाले उच्च सतर्कता अप्नाउन पनि सर्वसाधारणलाई अपिल गरे ।

उनले गत असार २६ गतेयता आएको अविरल वर्षाका कारण १ सय ८ जनाको ज्यान गएको, ३३ जना वेपत्ता भएको पछिल्लो विवरणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उनीहरुको राहत तथा उद्धारका लागि तीनै तहको सुरक्षा निकायको समेत उचित परिचालन गरिएको पनि बताए । गृहमन्त्री थापाले पीडितलाई राहत दिने तथा सो घटनामा परी मृतक भएकाका परिवारलाई जिल्ला दैवी प्रकोष कोषमार्फत् १ लाख वितरण गर्न सुरु गरिएको पनि बताए ।

Order Now: 98510-87891

गृहमन्त्री थापाले पीडितको बसोबासका व्यवस्थाका लागि आवश्यक तथ्याँक संकलनको काम पनि सुरु गरिएको पनि बताए । उनले सो घटनामा परी घाइते भएकाहरुको उपचारको व्यवस्था गरिएको, वेपत्ताहरुको खोजी कार्यलाई तीव्रता दिइएको, राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्वयमसेवी संस्थाहरुलाई पनि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पीडितलाई राहत र उद्धार गर्न अनुमति दिइएको पनि बताए ।

गृहमन्त्री थापाले बाढीबाट अवरुद्ध भएका सडक, विद्युतलगायतको पुन सुचारु गराउने कामलाई पनि सरकारले अघि बढाएको बताए । उनले भारतीय पक्षका कारण भएको डुबान समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकार क्रियाशील रहेको पनि बताए । गृहमन्त्री थापाले डुबानलगायतका प्राकृतिक विपत्तिको दीर्घकाली समाधानका लागि सरकारले विपद् व्यवस्थापन प्राधिकरण बनाउने गरी कानुन निर्माणको कामलाई अघि बढाएको पनि प्रतिनिधिसभालाई स्मरण गराए ।

यसैबीच, संघीय संसदको प्रतिनिधिसभाले विपत्तिमा परी निधन भएकाहरुप्रति गहिरो शोक व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभाले नागरिकको जिउ धनको रक्षा गर्दै उद्धार, राहत वितरण गरि पुनस्थापनाको काम गर्न विशेष प्रस्ताव मार्फत सरकारलाई निर्देशन दिएको छ ।

त्यसैगरी प्रतिनिधिसभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितहरुको राहतका लागि एक दिनको तलव प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि प्रतिनिधिसभाको बुधबारको बैठकले गरेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.