Nepal's No. 1 Digital Newspaper

पूर्वानुमानः कुन–कुन नदीमा छ बाढीको खतरा ?

बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाब सामान्य घटबड हुने जनाएको छ । बिहान ७ बजे गरिएको अनुमानअनुसार नदीले सतर्कता तह पार नगर्ने र त्यो भन्दा तल नै हुनेछ ।

यता, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह, धनकुटा, पर्सा, बारा, नवलपुर, परासी, रुपन्देही, कैलाली, कञ्चनपुर, दाङ लगायत चुरे र तराईबाट बहने केही साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेको छ ।

Order Now: 98510-87891

बिहान इलाम, झापा र मोरङसहित धेरै स्थानहरुमा भारी वर्षा भएको पनि पूर्वानुमानले जनाएको छ । कन्काई मैनाचुली बाढी मापन केन्द्रका अनुसार जलसतह बढ्दै गइरहेको छ र यसले सतर्कता तह पार गर्ने सम्भावना रहेको छ । मेची, विरिङ, निन्दा, मावा–रतुवा, लोहन्द्रा लगायत साना नदीमा खतराको तह आसपास बाढी आउने सम्भावना रहेकोले सर्तकता अपनाउन आग्रह गरिएको छ ।

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

श्रावण ०९
आगामी ३ दिन मुख्य र मझौला नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने,
आज ईलाम, झापा, मोरङ,सुनसरी, सप्तरी, सिराह, पर्सा, बारा, नवलपुर, परासी, कैलाली, कञ्चनपुर,दाङ, लगायत जिल्लाका चुरेबाट बहने केही स-साना नदीमा आकस्मिक बहाव को संभावना,तटिय क्षेत्रमा सतर्कता अपनाऔ@NEOCOfficial

View image on Twitter
View image on Twitter
View image on Twitter

118:44 AM – Jul 25, 2019Twitter Ads info and privacySee Nepal Flood Alert! नेपाल बाढी सूचना!’s other Tweets

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.