Nepal's No. 1 Digital Newspaper

हेटौँडा–काठमाडौँ सडक सञ्चालन

काठमाडौं– भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो ।

इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पानी पर्ने क्रम जारी नै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

Order Now: 98510-87891

‘‘फेरि पनि पहिरो जान सक्छ, हामीले त्यसका लागि पनि सावधानी अपनाएका छौँ, त्यसका लागि केही डोजर तयारी अवस्थामा छन्’’, उनले भने । पहिरोका कारण यो मार्ग अवरुद्ध हुँदा लामो मार्गका रुपमा रहेको त्रिभुवन राजपथको सडक खण्डबाट सवारी आवतजावत गरिरहेका थिए । 
 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.