Nepal's No. 1 Digital Newspaper

लण्डनमा सुरु भयो नेपालको बस ब्रान्डिङ अभियान

‘नेपाल भ्रमण वर्ष २०२०’ नेपालले राखेको महत्त्वकांक्षी लक्ष्य पूरा गर्ने उद्देश्यले बेलायतस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘बस ब्राडिङ’ सुरु गरेको छ ।

Order Now: 98510-87891

लगभग ५० रुटमास्टर बसमा नारासहित पार्लियामेन्ट स्वायर, वेस्तमिनिस्टर, ट्रफलगर स्वायर, किङ्टोन हाई स्ट्रीट, अक्फोर्डजस्ता लण्डनका मुख्य स्थानमा पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको हो ।

दुई सातासम्मको यस अभियान लण्डनका ४५ लाख मानिसमा पुग्ने अपेक्षा गरिएको छ । यसअघि पनि लण्डनको रेल स्टेसन तथा विश्व कप क्रिकेट भएको स्थानमा पनि अभियान सञ्चालन गरिएको थियो ।

लण्डनस्थित नेपाली दूतावसका प्रवक्ता शरदराज आरनले नेपालमा बेलायती पर्यटक सङ्ख्या विगत वर्षभन्दा यसपटक वृद्धि हुने अपेक्षा गरिएको साउथ एसिया टाइम्सलाई बताएका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.