अविरल वर्षाका कारण विभिन्न स्थान डुबानमा (तस्बिरसहित)
काठमाडौं : तीनदिनदेखिको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेको छ । कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका छन् । बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बनेको छ । खसीबजार र मैत्रीनगरका घरहरुको लगभग एकतल्ला डुबेको छ ।














सिंहदरबारको पर्खाल भत्कियो
अविरल वर्षाको कारण शुक्रबार बिहान करिब १० बजेतिर सिंहदरबारको पर्खाल भत्किएको छ। वर्षाको कारण सिंहदरबार पूर्वी गेट (अनामनगर) पट्टि रहेको पर्खाल भत्किएको हो ।



पाटनमा वर्षातको कहर
वर्षाका कारण पाटक क्षेत्रका विभिन्न स्थानमा बाढी आएको छ । पाटन क्षेत्रका बाटोहरुमा पानीको बहाव बढेपछि गाडी तथा पैदल हिड्ने यात्रुलाई सकस भएको छ ।



