Nepal's No. 1 Digital Newspaper

बौद्धको समता अस्पतालमा झुण्डिएको अवस्थामा युवतीको शव फेला

काठमाडौँ । सय रुपैयाँमा नागरिकको उपचार गर्दै चर्चामा आएको बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।

Order Now: 98510-87891

रामेछापको दोरम्बा घर भएकी विमला केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । मृतक तामाङका आफन्तले अस्पतालमा तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ ।

यता, अस्पतालका प्रशासनका कुमार बास्तोलाले भने भिडले आफूहरुलाई अस्पताल परिसर भित्र जान नदिएको हुँदा आफ्नै कर्मचारी झुण्डिएको होकी अरु नै भन्ने कुरा यकिन नभएको बताए ।

अहिले बौद्ध प्रहरीले भीडलाई नियन्त्रण लिने काम भइरहेको हुँदा प्रहरीको अनुसन्धान पछि नै सत्यतथ्य जानकारी हुने बास्तोलाले बताए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.