Nepal's No. 1 Digital Newspaper

भारतले दियो पुनर्निर्माणका लागि एक अर्ब ६० करोड

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ।

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन्।

Order Now: 98510-87891

उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ।

यसअघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब  १० करोड र ८० करोड सहयोग गरेको थियो।

२० ७२ वैशाख १२ को भूकम्पपछि भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो।  


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.