Nepal's No. 1 Digital Newspaper

भारतमा सफ्टवेयरको बजार तिव्र वृद्धि

प्रविधि जगतमा विश्वकै उदीयमान बजारको रुपमा रहेको भारतमा सफ्टवेयरको बजार तिव्र दरमा वृद्धि भैरहेको छ ।

चालु वर्ष सन् २०१९ मा भारतीय सफ्टवेयर बजारमा १३.७ प्रतिशतको वृद्धि भई ६ अर्ब १० करोड अमेरिकी डलरको बन्ने एक रिपोर्टले देखाएको छ । इन्टरनेसनल डाटा कर्पोरेसनको रिपोर्ट अनुसार सन् २०१८ को पछिल्लो ६ महिनामा एसिया प्रशान्त क्षेत्रको सफ्टवेयर बजारमा भारतको हिस्सा १२ प्रतिशत पुगेको थियो ।

Order Now: 98510-87891

रिपोर्ट अनुसार भारतीय कम्पनीहरुले वृहत डाटा तथा बिजनेस एनालिटिक्सको उपयोगमा वृद्धि गरिरहेको र यसबाट प्रतिस्पर्धी लाभमा बढोत्तरी भैरहेको छ । यसले प्रविधिको व्यवसायिक उपयोगमा वृद्धि हुनुका साथै क्लाउड सँग सम्बन्धित क्रियाकलापमा वृद्धि भैरहेको छ । आगामी दिनमा भारतीय कम्पनीहरुले एनालिटिक्स, क्लाउड कम्प्युटिंग तथा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा लगानी वृद्धि गर्ने दाबी पनि रिपोर्टमा गरिएको छ ।

-एजेन्सीको सहयोगमा


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.