Nepal's No. 1 Digital Newspaper

यस्तो हुने छ, बजाज र केटीएमको इलेक्ट्रीक स्कुटर

बजाज र केटीएमले संयुक्त लगानीमा निर्माण गरेको इलेक्ट्रीक स्कुटर निर्धारित मिति अवागै सार्वजनिक हुने भएको छ । यही वर्ष नयाँ इभी प्रदर्शन गर्ने योजनासहित कम्पनीले स्कुटरको प्रोटोटाइप निर्माण गरिहेको जानकारी दिएको छ । यो स्कुटर ४८ भोल्ट प्लाटफर्ममा निर्माण हुने कम्पनीले जनाएको छ । । 

बजाजका कार्यकारी निर्देशक राकेश शर्माले बजाजले निर्माण गरेको नयाँ प्रोटोटाइप चाँडै सार्वजनिक गर्ने जानकारी दिएका छन् । २०२० अगाडि इलेक्ट्रीक टु ह्वीलर बजारमा नल्याउने जनाएको भएतापनि कम्पनीले अपेक्षाकृत मिति अवागै बजारमा ल्याउने संकेत दिएको हो । 

Order Now: 98510-87891

बजाज र केटीएमको सहकार्यमा निर्माण हुने इलेक्ट्रीक स्कुटरमा ३ देखि १० किलोवाटका ब्याट्री प्याक लगाइने भएको छ । पछिल्लो समय इभी निर्माणमा गम्भिर रुपमा लागि परेको बजाजले केटीएम सहकार्य गरेरै अगाडि बढेको हो । स्कुटरमा क्यामोफ्लेग, फ्रन्टमा पेन्टागन सेपको फुल एलइडी, फ्रन्ट ब्लीङकर र एप्रोन दिने छ । रेट्रो स्टाइलमा निर्माण हुने यस स्कुटरमा एलइडी टेलल्याम्प, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, यूएसबी चार्जर लगायतको विशेषता दिइने भएको छ । यो स्कुटर मर्डन र प्रिमियम लुकमा आउने कम्पनीले जनाएको छ ।

यस्तै, यसको फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम बे्रक लगाइएको छ भने स्कुटरमा कम्बी ब्रेकिंग सिस्टम प्रयोग हुने कम्पनीले जनाएको छ । कम्पनीले यो प्ल्याटर्फमको स्कुटर बजाज र केटीएम दुबै ब्रान्ड नेममा ल्याउने जनाएको छ ।

meroauto


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.