Nepal's No. 1 Digital Newspaper

अब विदेशबाट आउने किताब र पत्रिकामा पनि १० प्रतिशत कर

सरकारले पत्रिका र किताबमा भन्सार शुल्क लगाएको छ। विदेशमा छापिएर आउने त्यस्ता किताब, पत्रिका तथा ब्रोसरमा अब १० प्रतिशत भन्सार शुल्क लाग्नेछ।

आगामी वर्षको बजेटसँगै आएको आर्थिक विधेयकमार्फत् अर्थ मन्त्रालयले त्यस्ता सामग्रीमा भन्सार लगाउने व्यवस्था गरेको छ। संसदमा दर्ता भए पनि उक्त विधेयकमा भएका प्रस्ताव जेठ १६ देखि नै लागू भइसकेका छन्।

Order Now: 98510-87891

यसअघि यस्ता सामानहरू बिनाभन्सार आउने गरेका थिए।

अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आउने तयारी वस्तु र कच्चा पदार्थबीचको भन्सार दरमा एक तहकाे फरक पारिएकाे भनेका थिए।   सोहीअनुसार छापिएर आउने सामग्रीमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको हो।

यसअघि नेपालमा किताब तथा पत्रिका छाप्न ल्याउने कागजमा ५ प्रतिशत भन्सार लाग्ने भए पनि छापिएर आउने किताब तथा पत्रिका भने छुटमा आउने गरेका थिए।

नेपालका धेरै प्रकाशकले छिमेकी भारतका छापाखानामा पुस्तकहरू मुद्रण गरेर ल्याउने गरेका थिए। प्रेस सञ्चालकहरूले नेपालमा कागज किनेर छाप्नुभन्दा विदेशबाटै छपाएर ल्याउनु सस्तो हुने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

किताब तथा पत्रिका ज्ञान तथा शिक्षासँग जोडिएकाले कर लगाउन सरकार हच्किएको थियो। 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.