Nepal's No. 1 Digital Newspaper

शिक्षण छाडेर लोकसेवा रोजेँ

देशको सार्वजनिक प्रशासन हाँक्ने सपना बोक्नेहरूका लागि लोकसेवा परीक्षा सुनौलो ढोका हो । निजामती सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्मका पदको नियुक्ति, बढुवा तथा सजायसम्मको काम लोकसेवा आयोगकै सिफारिसमा हुने हुँदा यसको महत्व वेग्लै छ । निष्पक्षता, योग्यता क्रममा आधारित सिफारिस अनि स्वच्छतासहितको सबल निजामती सेवाका लागि मिहिनेत गरेअनुरूप फल पाइने परिपाटी आयोगले बसाएको छ । 

लोकसेवाको आकर्षण

Order Now: 98510-87891

गोरखाको दक्षिण–पूर्वी भेग बोर्लाङमा निम्नवर्गीय परीवारमा जन्मेँ । प्राथमिक तहसम्मको अध्ययन घरनजिकैको स्कुलमा भयो । पढाइमा औसत मात्र थिएँ ।

कक्षा ५ पछिको अध्ययनका लागि पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट सरकारी विद्यालयमध्येको सरस्वती उच्च माविमा भर्ना भएँ । त्यस आसपासका क्षेत्रमा उक्त विद्यालय उत्कृष्ट मानिन्छ, त्यसकारण पनि त्यहाँ प्रतिस्पर्धा उच्च थियो । त्यही स्कुलबाट एसएलसी दिएँ, विशिष्ट श्रेणीमा उत्र्तीण हुन सफल भएँ । 

विभिन्न समयमा आयोजना हुने हाजिरीजवाफ, वक्तृत्वकलाजस्ता ज्ञानबद्र्धक कार्यक्रमहरूमा सहभागी हुनकै लागि पनि निकै कठिन प्रतिस्पर्धा चल्थ्यो । उच्च माध्यमिक तह पनि त्यही विद्यालयमा पढेको हुनाले कक्षाकोठादेखि विद्यालयकै प्रतिनिधित्व गर्ने गरी धेरैपटक सामान्यज्ञानसम्बन्धी विविध कार्यक्रममा सहभागी हुन पाएको थिएँ । 

स्नातक तहका लागि काठमाडौंको महेन्द्ररत्न क्याम्पस ताहाचल भर्ना भएँ । गोरखामा अहिले पनि निजामती सेवामा रहेकाको संख्या औँलामा गन्न सकिन्छ । त्यस्तो पृष्ठभूमिका कारण पनि लोकसेवाका बारेमा जानकारी अत्यन्त कम हुने अवस्था थियो । तर, काठमाडौं छिरेपछि भने निजामती सेवाका बारेमा जानकारी पाएँ । सानोमा शिक्षक बन्ने सपना पालेको म लोकसेवाको पारखी बन्न पुगेँ । 

असफलता नै सफलताको प्रतीक 

१/२ पटक कलेजको पढाइको ढर्रामा नासु र खरिदारको परीक्षा दिएँ, तर अत्याधिक प्रतिस्पर्धाको भिडमा त्यसले काम गरेन । यसपछि नियमित कलेज र जागिर छाडेँं । अन्ततः लोकसेवाको तयारी कक्षामा भर्ना भएँ । निजामती सेवाका माथिल्लो पद र अवकाश भइसकेकाहरूबाट सुझाब लिएँ । त्यसलाई अनुसरण पनि गरेँ । नासुको तयारी एकदमै राम्रो गरेको थिएँ, तर, तृतीय पत्र छान्न नजान्दा असफल भएँ ।

स्नातकको अध्ययन पूरा नहुँदै निजी स्रोतमा माध्यमिक तहमा अध्यापन गर्न थालेँ, शिक्षक सेवा आयोग र लोकसेवा आयोगको नासु र खरिदार दुवै विज्ञापन हुँदा फारम भरेँ । दुवैतर्फ लिखितमा उत्तीर्ण भएँ, तर कम्प्युटर सीप परीक्षणमा राम्रो गर्न नसक्दा खरिदारमा वैकल्पिकमा परेँ । यता, शिक्षक सेवा आयोगतर्फ निमावी गणितमा भने राम्रै श्रेणीमा पोस्टिङ भएँ । स्थायी शिक्षकका रूपमा नवलपरासीको सिद्धार्थ उच्च माविमा पढाउँदै गर्दा खरिदारको लिखितमा पास भएँ, तर अन्तर्वार्ता दिनुअघि नै अघिल्लो सालको वैकल्पिक सिफारिस भई सहलेखापाल पदमा सिफारिस भएँ ।

पहिलो प्रयासमै शाखा अधिकृत

सहलेखापाल पदमा बाराको कोष तथा लेखा नियन्त्रक कार्यालयअन्तर्गत नियुक्ति भएर नापी कार्यालय कलैया पदस्थापना भएँ । शिक्षण पृष्ठभूमि भएको कारणले नियमित पढ्ने पढाउने बानी बसेको थियो । कार्यालय समयका अतिरिक्त अधिकृत तयारी गर्ने साथीसँग मिलेर दोस्रो र तेस्रो पत्रको संयुक्त रूपमा समूह–अध्ययन सुरु गरियो । नियुक्ति लिएको डेढ महिनामा अधिकृतको पहिलो चरणको परिक्षा दिएँ, उत्तीर्ण भएसँगै दोसो चरण र अन्तिम चरणमा पनि सफलता हात पारेँ, सहलेखापाल भएको एक वर्ष नै नपुग्दै शाखा अधिकृतमा पहिलो प्रयासमै सफल हुन सकेँ ।  

अध्ययनशैली

  • नियमित र प्रभावकारी अध्ययन – कार्यतालिका बनाई सम्भव भएसम्म त्यसलाई अनुसरण गर्ने र  सन्दर्भ सामग्रीको खोजी गर्दा लोकसेवा आयोगले तोकेको पाठ्यक्रमबमोजिमका खोजी गरी अध्ययन गर्नुपर्छ । एउटा पुस्तकलाई आधार मानी अन्य सामग्रीबाट त्यसमा अपुग पक्ष थप्दै जानुपर्छ ।
  • ज्ञानको दायरा फराकिलो बनाउने : गरेको काम, पढेका पुस्तक या हेरेका फिल्म जेसुकै होस् केही न केही थप कुरा सिक्ने प्रयत्न गर्नुपर्छ । पत्रपत्रिका, सरकारी वेवसाईट, जर्नल र प्रकाशनबाट पाठ्यक्रममा मिल्ने गरी सामग्रीहरू खोजी गर्नुपर्छ । लोकसेवा आयोगले प्रकाशन गर्ने निजामती सेवा पत्रिका, सूचना विभागले प्रकाशन गर्ने नेपाल परिचय, कोर्स मिल्ने खालका विदेशी पाठ्यपुस्तक तथा वेबसाइटहरू पनि पढ्न छुटाउनुहुँदैन । 
  • प्रविधिको अधिकतम उपयोग : रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट तथा सामाजिक सञ्जाल आदिको प्रयोगलाई लोकसेवामैत्री बनाउँदै लैजानुपर्छ । सामूहिक छलफल गर्न सकेसम्म साथी–संगति र अन्य पक्षहरूमा समेत आफ्नो रुचिको क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।
  • लगनशीलता र आत्मविश्वास : घोडा चढ्ने मानिस लड्छ भन्ने मान्यतालाई आत्मसाथ गरी सकेपछि पास नसके अभ्यास भन्ने गरी अघि बढ्नुपर्छ । कोही व्यक्ति पनि लोकसेवाको परीक्षामा पक्का पास हुन्छ भन्ने निश्चित हुँदैन । आफूलाई सधैँ सही दिशा र मानसिकतामा राख्नुपर्छ । प्रेरणादायी व्यक्तिहरूको जीवनकथा, अग्रजसँगको ज्ञानको आदानप्रदानले  पनि सकारात्मकता अभिवृद्धि गर्न सहयोग  पु-याउँछ । 
  • ‘हार्डवर्कसँगै स्मार्टवर्क’ – एउटा विषय वा क्षेत्रमा मात्र अधिक  ज्ञान हासिल गरेरभन्दा  धेरै क्षेत्रको ज्ञानलाई समाहित गरी पढाइका विषयमा मिलाउन सकेमा त्यसले अतिरिक्त ज्ञान हासिल हुन्छ । एउटै तरिकाले उत्तर दिनुभन्दा प्रश्नपिच्छे अलग शैलीले उत्तर दिँदा जाँचकी पनि सकारात्मक हुन्छ भन्ने मान्यता राखिन्छ ।
  • पुराना प्रश्नपत्रलाई आधार मानेर अब आउन सक्ने सम्भावित प्रश्नको ढाँचा खोजी गर्नु राम्रो हुन्छ । 
  • तयारी कक्षा भर्ना गर्नुभो भने पनि त्यसमा पूर्ण रूपमा निर्भर नहुनुस् । केही विधि र स्रोत, सामग्री मात्र ग्रहण गर्नुपर्छ । 
  • अध्ययनका क्रममा स–साना लक्ष्य सेट गर्दै अघि बढ्नुहोस्, त्यसलाई बिस्तारै पूरा गर्दै जाँदा ठूला लक्ष्य सहजै पूरा हुन्छन् । धेरै घोक्नुपर्ने विषयलाई थोरै–थोरै बनाई सानो–सानो फर्मुलामा सेट गर्दा सहज र सरल तरिकाले सम्पन्न गर्न सकिन्छ ।

सिंखडा आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश ३ का शाखा अधिकृत हुन् ।

nayapatrikadaily


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.