Nepal's No. 1 Digital Newspaper

उच्च करले मोबाइल आयात ४० प्रतिशतले घट्यो, कर घटाउन व्यवसायीको माग

मोबाइल फोन आयातकर्ता संघले मोबाइलको कर घटाउन माग गरेका छन् । 

एक साता अघि अर्थमन्त्रालय पुगेको संघको टोलीले अर्थसचिव राजन खनाल र राजस्व सचिव लालशंकर घिमिरेलाई भेटेर आगामी बजेटमा कर घटाउन माग गरेका छन् । संघका अध्यक्ष दीपक मल्होत्राले आफ्ना माग प्रति सरकार सकारात्मक रहेको र घटाइदिने आश्वासन पछि आफूहरु फर्किएको बताए । 

Order Now: 98510-87891

चालु आर्थिक वर्ष २०७५÷०७६ भन्दा अगाडी नेपालमा मोबाइल आयात गर्दा १३ प्रतिशत भ्याट तिर्नुपर्ने व्यवस्था थियो ।  त्यसमा ४० प्रतिशत मूल्य अभिबृद्धि कर सरकारले  फिर्ता गर्ने नीति थियो । यस आधारमा मोबाइल आयात गर्दा व्यवसायीलाई ७.८ प्रतिशत भ्याट लाग्थ्यो । चोरी पैठारीबाट लयाएका मोवाइल र बैधानिक रुपले आयात गरिएको मोबाइलको मूल्यमा खासै अन्तर थिएन । व्यवसायी मल्होत्रा भन्छन्, सो समयमा मोबाइल बयापार राम्रै थियो । 

तर चालु बर्षको बजेटले सो ४० प्रतिशत भ्याट फिर्ता नदिने नीति लियो जसले गर्दा मोबाइलको करमा उच्च वृद्धि भई व्यवसायी महंगोमा मोबाइल बेच्न बाध्य भए । 

अध्यक्ष मल्होत्रा भन्छन्, ‘४० प्रतिशत भ्याट फिर्ता निदेने व्यवस्था प्रति हाम्रो कुनै आपत्ति नभएपनि त्यसमा ५ प्रतिशत एक्ससाइज लगाइएपछि मोबाइलमा १८.६५ प्रतिशत कर लाग्न थालेपछि हामी व्यवसायीहरु मारमा पर्यौँ । त्यही थप ५ प्रतिशतलाई हटाइदिन सरकारसँग हाम्रो माग हो ।’ 

सरकारले भ्याट बढाएपछि आफ्नो व्यापारमा ४० प्रतिशतले गिरावट आएको व्यवसायीको गुनासो छ । उनीहरुका अनुसार अहिले चौर पैठारीको मोबाइल बिक्री मौलाएको  छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.