Nepal's No. 1 Digital Newspaper

देउवाले बोलाएको बैठकमा गएनन् पूर्वमहामन्त्री कृष्ण सिटौला

२५ चैत, काठमाडौं । कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।

तर, बैठकमा पूर्वमहामन्त्री कृष्ण सिटौला भने अनुपस्थित रहे । बैठकका लागि देउवा निवासबाट खबर आएपछि सिटौलाले नजाने बताएको स्रोतको दाबी छ ।

Order Now: 98510-87891

कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०/४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट देखिएको एक नेताले बताएका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.