Nepal's No. 1 Digital Newspaper

५ वर्षकी प्रिन्सा बनिन् मिनी मोडल वर्ल्ड

 नेपाली बालिका प्रिन्सा खड्काले ‘स्टार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९’ को उपाधि जित्न सफल भएकी छिन् । इजिप्टमा हालै आयोजना भएको प्रतियोगितामा उनले विश्वभरबाट सहभागी ४४ प्रतियोगितालाई पछि पर्दै उपाधि चुमेकी हुन् । ५ वर्षीया प्रिन्सा प्रतियोगिताको सबैभन्दा कान्छी सहभागी थिइन् । 

उनले प्रतियोगितामा वेष्ट डान्सरको अवार्डसमेत हात परेकी छन् । टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित प्रतियोगिता गत मार्च २१ गते देखि २८ सम्म इजिप्टको हुर्घादा शहरस्थित ‘द क्यारेवियन वल्र्ड रिसोर्ट’ मा आयोजना भएको थियो । 

Order Now: 98510-87891

बालबाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा अध्ययरनत प्रिन्साले यसअघि मर्निङ ग्लोरी इन्टरटेन्मेन्ट आयोजक रहेको ‘क्विक्स मिनी लिटिल च्याम्प २०१९’ को उपाधि विजेता हुन् । प्रिन्सालाई यो प्रतियोगितामा पनि मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले पठाएको थियो । 

नेपाली कल्चरल ड्रेससहित कार्यक्रममा सहभागी प्रिन्शालाई कोरियोग्राफर मारिशा श्रेष्ठ र विपाष्ना खनालले प्रतियोगिताका लागि तयार गरेकी थिइन् । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.