Nepal's No. 1 Digital Newspaper

सन्दीप सर्वाधिक विकेट लिने स्पिनर

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन्

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् ।

Order Now: 98510-87891

सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।

दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग ९आइपिएल० खेलिरहेका सन्दीपले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन् ।

सन् २०१९ को जनवरीयता सन्दीपले बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै छ खेलमा चार विकेट, यूएईसँगको तीन टि–२० सिरिजमा पाँच विकेट लिन सफल भएका थिए । सन्दीप युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्दै चार विकेट लिएका थिए ।

त्यसैगरी पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपको २७ विकेट पुगेको हो।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.