Nepal's No. 1 Digital Newspaper

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल’ हुन् : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन् ।

ट्रम्पको निर्वाचन अभियानमा रूसी साँठगाँठबारे वर्तमान् राष्ट्रपतिमाथि लागेको आरोपको छानविन गरी हालै प्रतिवेदन पेश गरेका अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट म्युलरको प्रतिवेदनले ट्रम्पलाई उक्त मुद्दामा दोषी नभेटिएको भन्ने निष्कर्षपछि ट्रम्पको यो भनाई आएको हो।

Order Now: 98510-87891

उनले पत्रकारहरूले अमेरिकी निर्वाचनमा रूसी हस्तक्षेपबारे भएको अनुसन्धान रिपोर्टलाई न्यायसङ्गत रूपमा प्रस्तुत नगरेको आरोप लगाएका  छन् ।

‘विश्वभर मुलधारका सञ्चारमाध्यमहरू भ्रष्ट र मिथ्या बनेकाले उनीहरूप्रति जनताको आक्रोस र घृणा प्रकट गर्ने गरेका छन्,’ अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा भनेका छन् ।

‘राष्ट्रपति अभियानमा रूसी साँठगाँठको मुद्दालाई विगत दुई वर्षसम्म भ्रमित गर्ने प्रयास सञ्चारमाध्यमले गरे यद्यपि उनीहरूलाई निर्वाचनमा रूससँग कुनै साँठगाँठ नरहेको जानकारी थियो । उनीहरू साँच्चै जनताका शत्रु र वास्तविक प्रतिपक्ष हुन् ।’


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.