Nepal's No. 1 Digital Newspaper

कोरिया रोजगारीका लागि १० हजार बढीको आवेदन माग

 कोरियामा रोजगारीका लागि इप्लोयमेन्ट परमिट सिस्टम (ईपीएस) परीक्षाको लागि आवेदन फारम खुलेको छ । मंगलबार कोरिया शाखा ग्वार्कोले सूचना जारी गर्दै आवेदन फारम भर्न आह्वान गरेको छ ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया रोजगार तथा श्रम मन्त्रालयको समझदारी पत्र (MoU) अनुसार रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा लैजान प्रथम चरणको कोरियन भाषा परीक्षा सञ्चालन हुन लागेको हो ।

Order Now: 98510-87891

यो वर्ष कोरियाका लागि १००५० जनाको आवेदन मागिएको छ । जसअन्तर्गत उत्पादनमुलक र कृषि तथा पशुपालन क्षत्रमा १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

आवेदन फारम चैत ८ देखि १७ गतेसम्म भर्न सकिनेछ । ईपीयस परीक्षा शाखाले प्रथम चरणको भाषा परीषा २०७६ साल जेठ २५ र २६ गतेलाई तोकेको छ ।  


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.