Nepal's No. 1 Digital Newspaper

भूमि व्यवस्थापनबारे विज्ञहरुको यस्तो छ सुझाव

विज्ञहरुले कृषि उत्पादन र खाद्य सुरक्षामा प्रतिकूल नहुने गरी भू उपयोगसम्बन्धि कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् ।

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार काठमाडौंमा आयोजना गरेको ‘भू उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै भूमि विज्ञ बाबुराम आचार्यले कृषि उत्पादन र खाद्य सुरक्षामा प्रतिकूल असर नपर्ने गरी भूमि सम्बन्धि कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन् । उनले कृषियोग्य जमिन सदुपयोग गर्न तराई, पहाड र हिमाली भेगमा

Order Now: 98510-87891

भूउपयोग आयोजनाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद एवम् पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले विशेष सुविधा दिएर भएपनि कृषियोग्य जमिनको सदुपयोग गर्न ध्यान दिन सरकारलाई सचेत गराए ।

उनले कृषियोग्य जमिनको सही सदुपयोग गर्ने नीति विगतका सरकारले ल्याउन नसकेको कारण पनि मुलुकमा उर्वर भूमि बाँझो बस्ने समस्या आएको पनि स्मरण गराए । 

विधेयकमा ३ वर्षभित्र पनि खेतीयोग्य जमिनमा बाली नलगाउनेमाथि ३ लाख जरिवाना लिने प्रावधान पनि राखिएको छ । 

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले भूमि सम्बन्धि सबै कामलाई सहज बनाउन प्रविधिको विकासमा जोड दिने प्रतिवद्धता व्यक्त गरिन् । सबै स्थानीय तहमा प्रविधि हस्तान्तरण गरेर भूमि व्यवस्थापनको कामलाई सहज बनाउने मन्त्री अर्यालको योजना छ ।

मन्त्री अर्यालले खेतीयोग्य जमिनको सक्दो सदुपयोग गर्न बाध्य बनाउने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारिन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.