आन्तरिक उडानका लागि पाँच जहाज थपिंदै
आन्तरिक उडान गरिरहेका एयरलाइन्स कम्पनीहरुले पछिल्लो समय जहाज थप्ने प्रतिस्पर्धा गरिरहेका छन्। यात्रुको संख्यामा भएको बढोत्तोरीसँगै एयरलाइन्सहरु ठूला जहाज थप्ने होडबाजीमा उत्रिएका छन्।
एयरलाइन्सहरुले यसरी जहाज थप्दा यात्रुहरुले यसको लाभ लिइरहेका छन्। अर्थात् जति धेरै जहाज त्यति धेरै प्रतिस्पर्धा यसले भाडा सस्तो बनाएको छ।
स्वदेशमा उडान गरिरहेका एयरलाइन्स कम्पनीहरुले ७० सिट माथिका पाँचवटा जहाज ल्याउने तयारी गरिरहेका छन्।
बजार लिडर बुद्ध एयरले ७२ सिट क्षमताको एटिआर–७२ सिरिजको जहाज अर्डर गरिसकेको छ। उसको जहाज मार्चभित्रै नेपाल आइपुग्ने बताइएको छ। त्यस्तै नेपाली बजारको दोस्रो ठूलो एयरलाइन्स यतिले पनि २ वटा एटिआर ७२ जहाज ल्याउने तयारी गरिरहेको छ। ६ जेटस्ट्रिम र ३ एटिआर ७२ जहाजबाट भद्रपुर,विराटनगर, जनकपुर,पोखरा, भरतपुर, भैरहवा र नेपालगंज उडान गरिरहेको एयरलाइन्सले बैशाखभित्र नेपाल ल्याइपु¥याउने जानकारी दिएको छ।
यात्रुको माग र बजारको अवस्थाअनुसार जहाज थप्न लागिएको यतिका प्रवक्ता भिमराज राइले जानकारी दिए।
त्यस्तै जेट इन्जिन जहाजबाट तराई क्षेत्रका विमानस्थलमा उडान गरिरहेको श्री एयरलाइन्सले पनि तत्कालै २ वटा सिराजे क्वू ४०० सिरिजका जहाज ल्याउने तयारी गरिरहेको छ। उसले प्रति जहाज १ अर्ब खर्च गरेर ल्याउनका लागि अर्डर पनि गरिसकेको छ। नागरिक उड्डयन प्राधिकरणबाट एनओसी पर्खिरहेको एयरलाइन्सले अनुमति पाउनेवित्तिकै जहाज ल्याउने तयारी गरेको हो।
चारवटा जहाज ल्याएयर पोखरा, भरतपुर जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको श्रीले केही समय अघिमात्र अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर उडान गर्ने अनुमति पाएको छ।
आन्तरिक बजारमा राम्रै व्यापार गरिरहेका एयरलाइन्सहरुले क्षेत्री उडानलाई केन्द्रमा राखेर जहाज थप गरिरहेका छन्। बैशाखदेखि काठमाडौं–कोलकत्ता उडान गर्ने घोषणा गरिसकेको बुद्ध एयरले अब आउने जहाज त्यही गन्तव्यमा केन्द्रित गराउने तयारी गरेको छ।
त्यस्तै श्रीले पनि क्षेत्रीय उडान गर्ने तयारी गरिरहेको छ।