चौथो पटक विश्व च्याम्पियन जर्मनी

रियो दि जेनेरियो (एजेन्सी), असार ३० – सब्स्टिच्युट मारियो गोत्जेले अतिरिक्त समयमा गोल गरेपछि जर्मनीले १-० ले अर्जेन्टिनालाई फाइनलमा हराएर सोमबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि जितेको छ ।

अर्का सब्स्टिच्युट आन्द्रे सर्लेको क्रसमा छातीले नियन्त्रण गरेपछि गोत्जेले प्रहार गरेको ‘भली’मा सुन्दर गोल निस्किएको थियो । एक सय १३ औं मिनेटमा भएको त्यो गोल जर्मनीलाई २४ बर्षपछि विश्वकप जिताउन पर्याप्त भयो । ‘जर्मन मेसी’ पनि भनिने गोत्जे ८८ औं मिनेटमा विश्वकपमा कीर्तिमान १६ गोल गरेका मिरोस्लाभ क्लोजको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

निर्धारित ९० मिनेट रोमाञ्चक रह्यो । दुवै टिम आक्रमक देखिए । तर, गोल भने भएन । अधिकांश समय जर्मनीले बल नियन्त्रणमा राख्यो । उसले मुभ पनि बुन्यो । तर, गोलका राम्रा अवसर भने अर्जेन्टिनाले सिर्जना गर्‍यो । पहिलो हाफमा गोन्जालो हिगुइन तथा दोस्रो हाफमा कप्तान लियोनल मेसी र सर्जियो पालासियोले गोलका स्वणिर्म अवसर उपयोग गर्न नसकेपछि अर्जेन्टिना सन् १९९० को तनावपूर्ण फाइनलमा तत्कालीन पश्चिम जर्मनी (पछि पश्चिम र पूर्वी जर्मनी एउटै देशमा परिणत भएको) सँग बेहोरेको हारको बदला लिन असफल भयो ।

जर्मनी पहिलोपल्ट १९५४ मा विश्वकप च्याम्पियन भएको थियो । त्यसपछि उसले १९७४ र १९९० मा जित्यो । र, अहिलेको सफलतासँगै जर्मनी चौथोपल्ट च्याम्पियन भयो । इटालीले पनि चारपल्टै विश्वकप जितेको छ । यसपल्टको आयोजक ब्राजिल सर्बाधिक ५ पल्टको च्याम्पियन हो ।

जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली टिम पनि बन्यो । सर्बाधिक आठपल्ट फाइनल खेल्ने क्रममा जर्मनीको सबैभन्दा राम्रो पक्ष ‘टिम वर्क’ देखियो । उसका खेलाडीको प्रदर्शन प्रत्येक पोजिसनमा अब्बल रह्यो । सेमिफाइनलमा ब्राजिलविरुद्ध ७-१ को जित निकालेको उसले फाइनलमा अर्जेन्टिनाको भने कडा चुनौती बेहेार्नुपर्‍यो ।

बहुचर्चित रंगशाला ‘माराकाना’मा भएको फाइनल अहिलेको विश्वकै सर्बोत्कृष्ट फुटबलर मेसीविरुद्ध जर्मन टिमजस्तै रह्यो । तर, चरापल्टका फिफा बर्ष खेलाडी मेसीले अर्जेन्टिनालाई ‘लिजेन्ड’ डिएगो म्याराडोनाले २८ बर्षअघि दिलाएको सफलताको पुनरावृत्ति गर्न सकेनन् । म्याराडोनाको उत्कृष्ट खेलसँगै अर्जेन्टिना १९८६ को फाइनलमा जर्मनीलाई ३-२ ले हराएर दोस्रोपल्ट विश्वकप विजेता भएको थियो ।

उही म्याराडोनाको टिमसँग १-० ले बदला लिदै जर्मनी १९९० मा च्याम्पियन भएको थियो । त्यसबेला जर्मनीले विवादास्पद पेनाल्टीमा निर्णायक गोल गर्‍यो भने अर्जेन्टिनाका दुई खेलाडीलाई मेक्सिन रेफ्रिले रातो कार्ड देखाएका थिए । त्यसको बदला अर्जेन्टिनाले मेसीको प्रेरणामा माराकानामा लिने अपेक्षा गरिएको थियो । तर, त्यो संभव भएन । अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा हरोको यो तेस्रो अवसर हो ।

व्यक्तिगत पुरस्कार

गोल्डेन बल

लियोनल मेसी, अर्जेन्टिना

गोल्डेन बुट

जेम्स रोड्रिग्वेज, कोलम्बिया

उत्कृष्ट गोलकिपर

म्यानुएल नोय, जर्मनी

उत्कृष्ट युवा खेलाडी

पउल पोग्बा, फ्रान्स

 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress