गोल्डेन बल मेसीलाई

रियो द जेनेरियो– अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका छन्। उनी गोल्डेन बल अवार्डको हकदार बने। चार वर्षअघि दक्षिण अफ्रिका विश्वकपमा कुनै गोल गर्न नसकेका मेसीले ब्राजिलमा समूह चरणमा ४ गोल गरेका थिए।
उनले बोस्निया र इरानसँगको खेलमा १–१ तथा नाइजेरियासँगको खेलमा २ गोल गरेका थिए। नकआउट चरणमा कुनै गोल गर्न नसके पनि मेसीकै पासमा एन्जल डी मारियाले गोल गरी अर्जेन्टिनालाई अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा विजय दिलाएका थिए।
बार्सिलोनाका स्टार मेसीले नेदरल्यान्ड्ससँग सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पहिलो प्रहार गोल गरेका थिए। चारपटक फिफा विश्व वर्ष खेलाडी बनिसकेका मेसीको अर्को व्यक्तिगत सफलता हो।
कोलम्बियाका हामेस रोड्रिग्वेजले उच्च गोलकर्ताको पुरस्कार पाए। उनले ६ गोल गरेका थिए। उनले कोलम्बियाको प्रत्येक खेलमा गोल गरेका थिए। इङ्ल्यान्डका ग्यारी लिनेकर (१९८६) पछि क्वार्टरफाइनलमै बाहिरिएको टोलीका खेलाडीले गोल्डेन बुट पाउने रोड्रिग्वेज पहिलो हुन्। जर्मनीका थोमस मुलरको ५ गोल थियो। मेसीसँगै आयोजक ब्राजिलका नेइमार र नेदरल्यान्ड्सका कप्तान रोबिन भान पर्सीले ४–४ गोल गरे।
जर्मनीका गोलरक्षक म्यानुयल नेयुरले गोल्डेन ग्लोभ्सले पाए। जर्मनीले खेलेका ७ मध्ये ४ खेलमा नेयुरले कुनै गोल खाएनन्। जर्मनी र अर्जेन्टिना दुवैले प्रतियोगितामा ४–४ गोलमात्र खर्चे।
loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress