२४ बर्षपछि अर्जेन्टिना फाइनलमा

साओ पाउलो-गोलकिपर सर्जियो रोमेरोले उत्कृष्ट दुई बचाउ गरेपछि अर्जेन्टिना पेनाल्टी सुटआउटमा ४-२ ले नेदरल्यान्ड्सलाई पन्छाउँदै विहीबार विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उसले आइतबार राती हुने फाइनलमा जर्मनीको सामना गर्नेछ ।

निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेटमा सयम गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीको सुटआउटको पहिलो प्रहारमै रोन भ्लारले प्रहार गरेको बल रामेरोले रोकेपछि कप्तान लियोनल मेसीले सटिक प्रहार गर्दै अर्जेन्टिनालाई अगाडि बढाएका थिए । रोमेरोले वेस्ली स्नाइडरको प्रहार पनि असफल बनाए । नेदरल्यान्ड्सका आर्जेन रोबेन र डिक क्युट मात्र सफल रहे ।
दुईपल्टकेा विश्वकप विजेता अर्जेन्टिनाका चारै प्रहारमा बलले जाली चुम्यो । यस्तोमा मेसी, एजेक्वेल गराय, सर्जियो एगुइरो र म्याक्सी रोडि्रग्वेजले पेनाल्टी प्रहार गरेका थिए । अर्जेन्टिना २४ बर्षपछि विश्वकप फुटबलको फाइनल पुगेको हो ।
अर्जेन्टिना सन् १९९० मा भएको विश्वकपको फाइनलमा जर्मनीसँग १-० ले हरोको थियो । डिएगो म्याराडोनाको पालोमा बेहोरेको त्य

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress