गुगलले पोर्न विज्ञापन बन्द गर्ने

(एजेन्सी)– चाँडै नै गुगलमा कुनै पनि पोर्न र सोसँग सम्बन्धित कुनै पनि वयस्क सामग्री विज्ञापन नेटवर्कमा देखिने छैनन् । गुगलले चाँडै नै यस्ता सबै प्रचार सामग्रीमा रोक लगाउँदै छ जुन पोर्नसँग जोडिएको छ । यसका लागि गुगलले आफ्ना सबै एडवर्ड पार्टनरहरुसँग सम्पर्क पनि गर्नेछ । सीएनबिसीका अनुसार गुगलले यस्ता सबै प्रचारलाई सार्वजनिक गर्न बन्द गर्नेछ जसमा यौनिक सामग्रीका साथै पोर्नोग्राफीसँग जोडिएको कुनै पनि सामग्री हुनेछ । गुगलले यसको जानकारी आफ्ना सबै विज्ञापन पार्टनरहरुलाई पनि दिइसकेको छ ।

योभन्दा पहिले गुगलले बच्चाहरुको पोर्नेग्राफीमा पनि रोक लगाइसकेको छ । यस्तै गुगल ग्लासमा पनि पोर्नसँग जोडिएको एप्लिकेसनमाथि गुगलले केहि परिमार्जन गरेको थियो । गुगलले आफ्नो खोजीमा पनि केहि परिवर्तन ल्याउँदैछ जसमा बच्चाहरुको अश्लिल तस्बिरहरु खोज्न गुगललमा निकै गाह्रो हुने बताइएको छ । यदि कसैलाई पोर्न सामग्री हेर्नु छ भने उनीहरुले आफ्नो सक्कली इ–मेल आइडि दिनुपर्ने हुन्छ जसमा कम उमेरका बच्चाहरुलाई यस्तो प्रकारको सामग्रीहरुबाट टाढा राख्नुपर्ने हुन्छ ।

loading...


Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress