मेस्सीलाई फुटबल चुनौती मात्र होइन, “म मेस्सीलाई हराउनेछु”


(एजेन्सी)– अर्जेन्टिनाकी एक सुपरमोडलले लियोनेल मेस्सीलाई फ्री–स्टाइल फुटबल खेलका लागि चुनौती दिएकी छिन् ।

फिफा विश्वकपसँगै अर्जेन्टिनाकी यी मोडल फियोरेला क्यास्टिलो आफ्नो सुन्दरता, बोल्ड अवतार र फुटबल प्रतिको झुकावका कारण आजकाल निकै चर्चित छिन् ।
ब्राजिलको इपामेनाको समुन्द्रि तटमा आफ्नो फुटबलको प्रतिभालाई उनले प्रदर्शन गरेकी छिन् । उनको प्रतिभा देखेर त्यहाँ उपस्थित सबै दर्शकहरु अचम्मित थिए ।
ती सोपरमोडल भन्छिन्, ‘फ्रि–स्टाइल फुटबलमा मलाई चुनौती दिने ८०० पुरुषहरुलाई मैले हराइसकेकी छु । अब त्यहि व्यक्तिलाई हराउन चाहन्छु जो फुटबल जगतमा सबैभन्दा ठूला छन् ।’
क्यास्टिलोले खुलेर बताइन् कि उनी मेस्सीलाई चुनौती दिन चाहन्छिन् । फुटबलकी पारखी उनी अहिले विश्वकपका हेर्नका लागि ब्राजिलमा छिन् । मेस्सीलाई चुनौती दिन सकिन्छ त भन्ने प्रश्नमा उनले बताइन्, ‘किन सक्दिनँ, चुनौती मात्र होइन, म मेस्सीलाई हराउनेछु ।’
argentini-super-model3argentini-super-model2argentini-super-model1argentini-super-modelargentini-super-model1 argentini-super-model

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress