अर्जेन्टिनाको विजयी सुरुवात, मेस्सीको गोल


[adsenseyu2]

२ असार, काठमाडौं । लिओनल मेस्सीको उत्कृष्ट गोलसँगै अर्जेटिनाले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार विहान भएको खेलमा अर्जेन्टिनाले पहिलो पटक विश्वकप खेलेको बोस्निाया एण्ड हर्जगोभिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

माराकाना स्टेडियममा भएको खेलमा अर्जेनिटनाले सुरुमा नै उपहार गोलबाट अग्रता लिएको थियो । तेस्रो मिनेटमा नै लिओनल मेस्सीको फ्रिकिकमा बोस्नियाका डिफेण्डर कोलसिनाकले आफ्नो पोष्टमा गोल गरे ।

messiतर, बोस्निया विस्तारै खेलमा फर्कियो । पहिलो हापमा बोनियका मिरालेमले अर्जेन्टिनाको पोष्टमा केही राम्रो आक्रमण गरेका थिए, जसलाई गोलरक्षक सर्जिओ रोमेरोले बचाए । यस्तै मस्मेर बेगोभिक बराबरी गोलनजिक पुगेका थिए ।  अर्जेन्टिनाका मसेरानोको पावरफुल सट बोस्नियाका गोलरक्षकले केही अघि बढेर रोके ।

पहिलो हाफपछि गोन्जालो हिगुइन र फर्नान्डो गागो मैदान प्रवेश गरे र अर्जेन्टिना खेलमा फर्कियो । खेलको ६५ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । गोन्जालो हिगुइनसँगको वान टु वान पास खेल्दै मेस्सी दुई डिफेण्डरलाई छलाएर गोल गरेका थिए । यो उनको विश्वकपमा ८ वर्षमा पहिलो गोल हो ।

Messi3यसअघि २००६ को विश्वकपमा सर्विया एण्ड मोन्टेनेग्रोविरुद्ध उनले गोल गरेका थिए । २०१० को विश्वकपमा भने उनले गोल गर्न सकेका थिएनन् । ठूलो प्रतियोगितामा पहिलो पटक १० नम्बरको जर्सी लगाएका उनले ग्रिसविरुद्धको खेलबाट अर्जेन्टिनाको कप्तानी समेत सम्हाले । २००९ मा विश्वकप छनोटमा भेनेजुएलाविरुद्ध मेस्सीले पहिलो पटक अर्जेन्टिनाको १० नम्बरको जर्सी लगाएका थिए ।

खेलको ८४ औं मिनेटमा आइविसेभिकले गोल गर्दै बोस्नियालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, निकै ढिला भइसकेको थियो । खेलमा थप गोल हुन सकेन र अर्जेन्टिना २–१ ले विजयी भयो ।

दुई पटकको विश्व च्याम्पियनविरुद्ध बोस्नियाले निकै राम्रो प्रदर्शन गरेको थियो ।

[adsenseyu2]

अर्जेन्टिना लाईन अप

जर्सी नं.    खेलाडी

१    रोमेरो (किपर)
२    गारेय
३    क्याम्पाग्नरो
४    जाबालेटा
७     डि मारिया
८    मेसी (कप्तान)
११    रोड्रिग्वेज
१४    मास्केरानो
१६    रोजो
१७    फर्नान्डेज

बोस्निया एन्ड हर्जगोभिना लाईन अप

जर्सी नं.    खेलाडी
१    बेगोभिच (गोलकिपर)
३     बिाकाग्सिच
४    स्पेहिच (कप्तान)
५    कोलासिनाच
७    बेसिच
८    पिजानिच
१०    मिसिमोभिच
११    एडिन जेको
१३    मुज्द्जा
१६    लुलिच
२०    हर्जरोभिच

[adsenseyu2]

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress