“विश्व दूध दिवस”, दूधमा सोडाको मात्रा धेरै

ललितपुर, जेष्ठ १९ – लामो समयसम्म दूधलाई जोगाउन सोडाको अत्यधिक प्रयोग बढेको भन्दै सरकारले उत्पादकलाई सचेत गराएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले उपभोक्ताले गुणस्तरयुक्त दूध उपभोग गर्न नपाएको बताउँदै किसान र प्रशोधित दुग्ध उद्योगीलाई गुणस्तर कायम गर्न भनेको छ ।

विश्व दूध दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोर्डका खाद्य प्राविधिक गणेश दवाडीले प्रशोधित दूधमा ‘अपि्रय गन्ध’ आउने उपभोक्ताको अत्यधिक गुनासो आएको बताए । दूधलाई फाट्नबाट जोगाउन किसानहरूले खाने सोडा (सोडियम बाइकारबोनेट) अति प्रयोग गरिरहेको दवाडीको भनाइ थियो । ‘अहिले बजारमा उपलब्ध हुने दूधमा अपि्रय गन्ध छ, बच्चाहरूले त मनै पराउँदैनन्,’ दवाडीले भने । उनले बजारमा पाइने दूधमा कोलिर्फम जीवाणुसमेत रहेको दाबी गरे ।

किसान, दुग्ध सहकारी, खाद्य प्राविधिज्ञ, बिक्रेता, नीति निर्माता लगायत सहभागी समारोहमा मुख्य सचिव लीलामणि पौडेलले दूध पूर्ण खाद्य वस्तुका रूपमा मानिएकाले सोडाको प्रयोग घटाउन निर्देशन दिए । ‘दूध बिरामी, बच्चा, अशक्त सबैले खाने पदार्थ हो, सोडा मिसाएर यसलाई विष नबनाइयोस्, यसको असर मिर्गौलामा पर्छ, संसारमा धेरै मिर्गौला बिगि्रनेको सूचीमा हामी परिसक्यौं,’ उनले

भने । उनले गुणस्तरमा ध्यान दिन र स्वस्थ प्रतिस्पर्धा गर्न सरोकारवाला निकायलाई सचेत गराउँदै तरकारीमा जस्तै दूधमा पनि विषादी जाँच्ने प्रविधि तत्काल लागू गर्न प्राविधिकहरूलाई निर्देशन दिए ।

बोर्डका अर्का प्राविधिज्ञ बालक चौधरीसमेतको अध्ययनअनुसार बजारमा उपलब्ध दूधमा हुनुपर्ने घृतांश (फ्याट) को मात्रा पनि अपुग हुने गरेको छ । नियमअनुसार दूधमा ३ प्रतिशत घृतांश र ८ प्रतिशत चिल्लोरहित अन्य ठोस पदार्थ (एसएनएफ) हुनुपर्छ । प्रशोधित दूधमा हुने ३ प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको संयुक्त गणना गरिँदा प्रति १ सय ग्राम दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुनुपर्छ ।

विज्ञहरूले कृषिमा प्रयोग हुने विषादी र पशु औषधिको पनि दूधमा अवशेष पाइने गरेको उल्लेख गर्दै अनुगमन गरिनुपर्ने बताए । त्यस्तै कतिपय बिरामी पशुको दूध पनि बजारमा आउने गरेको बताउँदै यसमा पनि अनुगमन गरिनुपर्ने ती खाद्यविज्ञले बताए । गाईभैंसीको आहारा, खानपान, गोठदेखि संकलन, भण्डारण र प्याकेजिङ लगायतको सबै तहमा गुणस्तर कायम गर्न सके मात्रै उपभोक्ताले गुणस्तरयुक्त दूध पाउने उनीहरूको भनाइ थियो ।

त्यसैगरी बजारमा बिक्री नभएको दूध फिटेर पुनः प्याकिङ गरी बजारमा पठाउने, पशुलाई कुहिएको, सडेको, गुणस्तरहीन दाना र फोहोर पानी दिने समस्या पनि रहेको उल्लेख गर्दै बोर्डले किनेर स्वच्छ  खान पाउने उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न क्षमता भएको नियमनकारी निकायको आवश्यकता रहेको सुझाव दिएको छ । ‘हामी उत्पादनमा मात्र गुणस्तर खोजिरहेका छौं तर चरन तहदेखि सुरु हुने प्रणालीमै सुधार आवश्यक छ ।’

मुलुकमा २ ठूलासहित ३ सयभन्दा बढी साना मझौला डेरी सञ्च्ाालनमा छन् । यसमा निजी क्षेत्रको करिब २५ अर्ब लगानी भएको व्यवसायी बताउँछन् । यीमध्ये २ सय ३० डेरी उद्योगले अनुज्ञापत्र नलिई दूध र दूधजन्य पदार्थ बिक्री गर्दै आएका छ्न् । खाद्य तथा गुण नियन्त्रण विभागले उपलब्ध गराउने अनुज्ञापत्रबिना सञ्चालित दूध उद्योगलाई मापदण्ड विपरीत मानिन्छ । विभागले उद्योगको स्वच्छता र गुणस्तरको अनुगमन गरेपछि मात्रै अनुज्ञापत्र दिन्छ । डेरीजस्ता दुग्ध उद्योगको स्वच्छता खस्किँदै गएकाले दूध र दूधजन्य पदार्थको आयत बढ्ने खतरा छ ।

गत वर्ष कोलिर्फम देखिएपछि कृषि विकास मन्त्रालयले सहसचिवको संयोजकत्वमा गठन गरेको ११ सदस्यीय सुझाव समितिले नियमनकारी निकायबाट प्रभावकारी अनुगमनको कमी भएको बताउँदै गुणस्तरीय दूध उत्पादन र बिक्रीका लागि नियमन हुनुपर्नेलगायत सुझाव सरकारलाई पेस गरेको थियो ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

1 Comment

  1. digitalkhabar

    June 3, 2014 at 6:06 am

    Nice

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress