लिपस्टिक अब खोर्सानीबाट


(एजेन्सी) – खुर्सानी भन्ने बित्तिकै सबैले यसको पीरो स्वादको कल्पना गर्नुहुन्छ होला । कहिलेकाँही खोर्सानी काटेको अथवा चलाएको हातले अन्जानवश आँखा अथवा छालामा छोइयो भने त्यसले निकै पोल्ने गर्दछ । मैले तपाईंलाई खोर्सानीबाट लिपस्टिक बनाउन सकिन्छ भन्यो भने तपाईंलाई अचम्म लाग्न सक्दछ तर भारतको बनारसस्थित सब्जी अनुसन्धान संस्थान (आईआईवीआर) को वैज्ञानिकहरुको अनुसन्धानको अनुसार अब साँच्चै नै पिरो खोर्सानीको सहायताले लिपस्टिक तयार गर्न सकिन्छ ।

पिरो खोर्सानीको रातो रङ र फर्सीको प्राकृतिक पहेँलो रङको रस निकाल्नका लागि संस्थानमा भइरहेको अनुसन्धानको परिणाम बाहिर आएको छ । इन्स्टिच्युटका प्रमुख र वैज्ञानिक डा. ए.बी. रायको अनुसार खुर्सानी र फर्सीको उत्पादन धेरै हुने भएका कारण कम खर्चमा प्राकृतिक रङ र रस तयार गरेर लिपस्टिक र अन्य सौन्दर्य सामग्रीमा प्रयोग गर्न सकिने बताए ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress