लिप, आई एन्ड नेल्स इन-२०१४

लिप मेकअप : सफ्ट बेरी लिप्स-२०१४ को हट ट्रेन्डका रूपमा विकसित हुने छाँटकाट छ। ब्राइट ओरेन्ज लिप कलर्स यो वर्ष पनि लोकप्रिय रहनेछ। ओरेन्जका लगभग सबै सेड्स इन रहने बताइएको छ। इलेक्टि्रक ओरेन्ज वा नियन रेड लिपस्टिकको प्रभाव बढ्ने देखिन्छ। त्यसबाहेक क्यान्डी कलर्स पनि पर्याप्त रुचाइनेछ। वार्म कलर्स पनि यो वर्ष हट रहनेछ। डिप वा लाइट ब्राउन, रेड, लाइट ओरेन्ज र शेम्पेन कलर्स लिप मेकअपमा प्रभावकारी रहनेछ। यिनमा स्पार्कलिङ वा ग्लिटरी ग्लस लगाउने कार्य पनि निकै बढ्ने देखिन्छ। लिप मेकअपमा बोल्ड र ब्राइट लुक पनि ट्रेन्डमा रहनेछ। जसमा रेड, कोरल, पर्पल, बेरिना सेड्सको प्रयोग बढी देख्न पाइनेछ।

आई मेकअप : ब्लू आईस्याडो यो वर्ष इन रहनेछ। क्याट आईको प्रचलन पनि खुबै रहने अनुमान गरिएको छ। ह्वाइट आई मेकअप पनि फेसनमा रहनेछ। ह्वाइट आइलाइनर र आईस्याडोबाट यो लुक क्रिएट गर्न सकिन्छ। ह्वाइटका साथमा लाइट पिन्क श्याडो पनि प्रयोग हुन सक्छ। इंकी आइज पनि यो वर्ष लोकप्रिय रहने सम्भावना छ। ग्ल्ााइटेड लिड्स पनि यो वर्ष इन रहनेछ।

नेल पेन्ट : ब्ल्याक, चोको ब्राउन, ब्लू नेल कलर्स चलनमा रहने छन्। नेल पेन्टमा ब्राइट ह्वाइट टिप्स पनि म्याजिक लुकमा प्रयोगमा आउनेछ। रेड नेल्सको माग बढ्नेछ, जसमा बोल्ड टोमेटो र गार्नेट सेड्स इन रहनेछन्। मोर्डन फ्रेन्च मेनिक्योर पनि प्रचलनमा रहनेछ। नेल पेन्टिङमा स्ट्राइप्स पनि इन रहनेछ। ह्वाइट ब्ल्याकड्रपको वीचमा सिंगल ब्ल्याक स्ट्राइप्स तथा स्पार्कलिङ नेल्स लोकप्रिय हुनेछ। केन्डी वा न्युड पेन्टमा सियर कलर्स पनि इन रहनेछ। हाई ग्लस नेल पेन्ट्स पनि चल्चीमा आउनेछ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress