स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई इलाम अस्पताल सारियो


सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेपछि इलाममा गएर १६औं अनसन बसिरहेका डा. केसीलाई इलाम अस्पतालमा सारिएको छ।

सहरी विकास भवनमा अनशनरत डा. केसीको मुटुको चाल अनियमित भएपछि सोमबार बिहान ९ बजे अस्पताल सारिएको केसीका सहयोगी डा. अभिशेक सिंहले जानकारी दिए।

अस्पताल सार्ने क्रममा डा. केसीले आफू विरामी नभएको भन्दै अस्पताल जानुनपर्ने भन्दै बरु माग पूरा गर्न आग्रह गरेका थिए।

तर केसीको अवस्था थप गम्भीर भएपछि उनलाई एम्बुलेन्समा राखेर इलाम अस्पताल पुर्‍याइएको हो। डा. केसीले समर्थकलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

दोस्रो दिनदेखि नै छातीको दुःखाई, खोकीलगायतका समस्या सुरु भएकोमा पाँचौं दिन आइतबारदेखि मुटुको चालसमेत अनियमित भएको थियो। डाक्टर केसीको स्वास्थ्य अवस्था हेरिरहेका डाक्टर रामकृष्ण आचार्यका अनुसार दाहिने फोक्सो पनि राम्रोसँग खुलेको छैन। छातीमा संक्रमण भइसकेको अनुमान गरिएको छ। पिसाब कम आउन थालेको छ। शरीरमा पानी र इलेक्ट्रोलाइट्सको मात्रा कम भएको छ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress