ल्होसार पर्वले समाजमा सद्भाव बढाओस् : देउवा


– काँग्रेस सभापति शेरबहादुर देउवाले तमु जातिले नयाँ वर्षका रुपमा मनाउने ल्होसारले धर्म, संस्कृति, रीति रिवाज र परम्पराको संरक्षणमा सहयोग पुर्याएको बताएका छन् ।

सभापति देउवाले ल्होसार पर्वको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘यो पर्वले नेपाली समाजमा सद्भावना बढाउदै आउनुका साथै मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।’

उनले तमु ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति ल्याओस् भन्दै यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण  दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली काँग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका छन् ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress