सरकारले तीन सय वटा बिजुली बस किन्ने


सरकारले आफ्नै लगानीमा तीन सय वटा बिजुली बस किन्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको गत सोमबार बैठकले काठमाडौं उपत्यकामा चलाउन यी बस किन्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

‘सरकारले अब आफ्नै लगानीमा कम्तीमा तीन सय पटा विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाउने भएको छ,’ बिहीबार मन्त्रिपरिषद् बैठकबाट पारित निर्णय सुनाउँदै मन्त्री बास्कोटाले जानकारी दिए।

काठमाडौं उपत्यकामा बढ्दो जाम र प्रदूषण कम गर्न बिजुली बस ल्याउन लागिएको उनले बताए।

‘सार्वजनिक यातायात र विद्युतीय सवारीसाधन प्रोत्साहन गर्न यो नीति सरकारले लिएको हो,’ मन्त्री बास्कोटाले भने।

त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले पेश गरेको ‘सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी अवधारणापत्र’ पनि स्वीकृत गरिएको उनले जानकारी दिए। यातायात क्षेत्रका समस्या सल्टाउने उद्देश्यसहित मन्त्रालयले यो अवधारणापत्र पेश गरेको हो।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress