६६ वर्षदेखि ५६ वटा द्वीपमा विमानबाट उपहार खसालेर क्रिसमस मनाइरहेको छ अमेरिकी वायुसेना


अमेरिकी रक्षा विभागको सबैभन्दा लामो अभियान पछिल्लो ६६ वर्षदेखि जारी छ । यसको नाम हो ‘अपरेशन क्रिसमस ड्रप’ । यसमा अमेरिकी वायुसेनाले हरेक वर्ष प्रशान्त महासागरमा भएका द्वीपमा सी–२१ सुपर हरक्युलिस विमानबाट उपहारको वर्षा गराउँछ । उपहारमा खानपिनका सामान, कपडा, जुत्ता, बच्चाको खेलौना र स्कूलका आवश्यक वस्तु हुन्छन् । यसलाई संसारको सबैभन्दा लामो अवधिको मानवतावादी मिसन बताइएको छ ।

सन् १९५२ देखि सुरु भयो परम्पराः

सन् १९५२ को क्रिसमसको क्रममा गुआमस्थित एन्डरसन एयरफोर्स बेसबाट बी–२९ बम्बर विमान एक मिशनका लागि निस्किएको थियो । बाटोको बीचमा नै पाइलटले अग्निगन द्वीपमा हात हल्लाइरहेका मानिसहरु देखे । पाइलटले विमानमा भएका केही सामानलाई तुरुन्त जम्मा गरे र कन्टेनरलाई प्यारासुटका बाँधेर फ्याँके ।

जब पहिलो पटक द्वीपका बासिन्दाले विमानबाट केही खसिरहेको देखे तब उनीहरु अत्यन्त खुसी भएको बताइन्छ । त्यतिबेला अग्रिगनमा बिजुली र पानीको राम्रो व्यवस्था थिएन । त्यहाँ आँधी र चक्रावत पनि आइरहन्थे । यस्तोमा कन्टेनरमा आवश्यक सामान पाएर मानिसहरु खुसीले चिच्याउन थाले ।

क्रिसमसको यो परम्परा ६६ वर्षदेखि लगातार चलिरहेको छ । यसका लागि गुआममा बस्ने स्थानीय र व्यापारीले चन्दा दिन्छन् । हरेक वर्ष सी–१३० सुपर हरक्युलिस एयरक्राफ्टको मद्दतले उपहारले भरिएको बक्स द्वीपमा खसालिन्छ । एउटा बक्सको तौल एक सय ८० किलो हुन्छ । यसका घर बनाउने सामानदेखि खेलौना र दुधसम्म हुन्छ । यसलाई पानीमा खसालिन्छ ता कि कुनै क्षती नहोस् ।

रिपोर्टका अनुसार सन् २००६ देखि अहिलेसम्म ३.६ लाख किलोग्राम सामानको सप्लाई भइसकेको छ । सन् २०११ मा फाएस द्वीपमा ठूलो स्तरमा डेंगु फैलिएपछि त्यहाँ २५ अतिरिक्त डब्बामा डेंगुका औषधी खसालिएको थियो ।

यसवर्ष क्रिसमसको एक हप्ता अघि नै एयरफोर्सले आफ्नो अपरेशन पूरा गर्यो । यसमा विभिन्न द्वीपमा बस्ने ३० हजार मानिसका लागि करिब २८ हजार किलो सामान खसालिएको थियो ।

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress