इन्जिनियरिङ छोडेर आएका चक्रवर्तीलाई आइपिएलमा पञ्जाबले तिर्‍यो साढे ८ करोड


१२ औं सिजनको आईपीएल अक्सनमा पुराना खेलाडीको तुलनामा नयाँ खेलाडीमाथि महङ्गो मूल्य लागेको छ।

वरुण चक्रवर्ती र शिवम दुबे त्यसमध्येका भारतीय खेलाडी हुन्।

२० लाख न्यूनतम मूल्यका चक्रवर्ती सबैभन्दा महङ्गो खेलाडीका रूपमा ८ करोड ४० लाखमा बिके भने २० लाख न्यूनतम् मूल्यकै शिवम दुबेलाई रोयल च्यालेन्जर्स बैंलोरले पाँच करोड भारतीय रूपैयाँमा खरिद गर्‍यो।

२० लाख न्यूनतम मूल्यका वरुण चक्रवर्तीलाई किंग्स इलाभेन पञ्जाबले ८ करोड ४० लाख रूपैयाँमा खरिद गर्‍यो।

आइपिएलमा सबैभन्दा महङ्गा खेलाडी बनेका तमिलनाडुका २७ वर्षिय वरूण १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न सुरू गरेका थिए।

१७ वर्षको उमेरसम्म विकेटकिपर ब्याट्समेन रहेका चक्रवर्ती त्यसपछि बलिङसमेत गर्न थाले।

उमेर समूह क्रिकेटको छनोटमा नपरेपछि क्रिकेट खेल्न छोडे। त्यसपछि उनी चेन्नईस्थित एसआरएम विश्वविद्यालयबाट आर्किटेक्चर इन्जिनियरमा डिग्री कोर्स गर्न थाले।

एसआरएम विश्वविद्यालयबाट आर्किटेक्चर इन्जिनियरमा पाँच वर्षमा आफ्नो डिग्री पुरा गरे।

पढाई सकेपछि उनी आर्किटेक्ट इन्जिनियरमा जागिर खान सुरू गरेका थिए। तर, उनको मन इन्जिनियरिङमा अडेन। उनलाई क्रिकेटले नै तानिरह्यो।

सन् २०१७ मा उनले इन्जिनियरिङ छोडे र पुनः क्रिकेटमा फर्किए। १० वर्षपछि क्रिकेटमा फर्किएका उनी क्रोमबेस्ट क्रिकेट क्लबमा आवद्ध भए। त्यसपछि उनले क्रिकेटमा फर्किएपछि चमत्कारै गरेर देखाए।

त्यहाँ उनले बलिङ, ब्याटिङ र विकेट किपिङमा आफूलाई पोख्त बनाए। अलराउण्ड क्रिकेटरमा निखारेका उनले क्रिकेटमा लगाव बढाउँदै लगे।

तर, घुँडामा चोट बोकेर केही समय मैदान बाहिर बसे। यसै चोटबाट उनलाई स्पिनर बलर बन्ने प्रेरित गर्‍यो।

त्यसपछि स्पिनमा सुधार गरेका उनलाई मिस्ट्री स्पिनरसमेत भन्न थालियो।

चोट ठीक हुनासाथ उनले जुबली क्रिकेट क्लबसँग करार सम्झौता गर्दै क्रिकेट खेल्न सुरू गरे।

क्लबमा आवद्ध हुनासाथ उनले चेन्नई लिग खेले। सन् २०१७-१८ मा वरूणले जुबलीका लागि ३१ विकेट लिँदै उत्कृष्ट बलर भए। यो लिगमा ३.०६ इकोनोमीमा बलिङ गरेका उनले ब्याटिङ पनि उस्तै गरे।

त्यसपछि वरूणले तमिलनाडु प्रीमियर लिग २०१८ पनि खेलेका थिए। तमिलनाडुबाट लिग खेलेका उनले टी २० सिरिजमा समेत उत्कृष्ट बलर भए।

त्यसपछि अब उनी रोयल च्यालेन्जर्स बैलोरबाट आइपिएल २०१९ खेल्ने भएका छन्।

उनी करोडौंमा बिकेपछि हरभजन सिंहले ट्वीट गर्दै उनलाई बधाई दिएका छन्। उनको प्रतिभाको कदर भएकोमा सिंहले खुसी व्यक्त गरेका छन्।

बीबीसी तमिलसँग कुरा गर्दै चक्रव्रतीले आफ्नो खुसी व्यक्त गरेका छन्। ‘आईपीएलमा किंग्स इलाभेन पञ्जाबका लागि छानिनु मेरा लागि धेरै खुसीको कुरा हो। मलाई पैसाभन्दा धेरै खुसी इपिएल खेल्न पाउनुमा लागेको छ। मेरो प्रतिभाको कदर भएकोमा मलाई गर्व लागेको छ,’ उनले भने।

***

मुम्बईका शिवम् अलराउण्डर क्रिकेटर हुन्। उनी दायाँ हाते मध्यम बेसका तिब्र गतिका बलर हुन्। उनी बायाँ हाते ब्याट्समेनसमेत हुन्।

अग्ला कदका दुबे हेर्दैमा बलिया देखिन्छन्। पछिल्लो एक वर्षको खेलबाट उनले सबैको ध्यान तानेका थिए। मुम्बई टी-२० लिगमा शिवमको पारीलाई सबैले प्रशंसा गरेका थिए।

यो लिग पछि पनि शिवमले आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका थिए। ठूला-ठूला सट खेल्न सक्ने क्षमताका उनी मैदानमा टिकेर खेल्ने खेलाडी हुन्।

स्कुल जीवनमै क्रिकेट खेल्न सुरू गरेका शिवमले मुम्बईबाट यु २३ खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन् २०१८ मा मुम्बई टिमका लागि उनी महत्वपूर्ण सदस्यसमेत भएका थिए।

यस बिचमा शिवमले आफ्नो बलिङमा पनि उल्लेख्य सुधार गरे। मुम्बईले विजय हजारे ट्रफीको उपाधि उचाल्दा शिवमको भूमिका महत्वपूर्ण थियो।

मुम्बई टी-२० लिगमा  शिवमले प्रवीण ताम्बेको एकै ओभरमा ६ छक्का प्रहार गर्दै सबैको ध्यान तानेका थिए।

यस्तै उनले रणजी ट्रफीमा पनि बडौंदाविरूद्ध स्वप्निल सिंहको बलिङमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress