श्रीदेवीको अन्तिम इच्छा यस्तो थियो, पूरा गर्दैछन् बोनी कपूर


एजेन्सी – बलिउड फिल्म प्रोड्युसर बोनी कपूरले आफ्नी स्वर्गीय श्रीमती श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने भएका छन् । बोनीले तामिल फिल्म बनाएर तामिल फिल्ममा काम गर्ने श्रीदेवीको सपना पूरा गरिदिन लागेका हुन् ।

श्रीदेवीले अन्तिम फिल्म गर्दै गर्दा तामिल फिल्मका अभिनेता अजीत कुमारसँग काम गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनी तामिल फिल्म बनाउन चाहान्थिन् । उनको अधूरो रहरका लागि बोनीले फिल्म ‘पिंक’लाई रिमेक बनाउन लागेका हुन् ।

बोनी कपूरले एक अन्तरवार्तामा भनेका छन्, ‘फिल्मको नाम अहिलेसम्म टुंगो लागेको छैन । अजीतसँग ‘इंग्लिश विग्लिश’ मा काम गरेपछि श्रीदेवीले हाम्रो ‘होम प्रोडक्शन’ को लागि आजीतले कुनै तामिल फिल्म गरुन् भन्ने चाहान्थिन् तर लामो समयसम्म हामीलाई कुनै पनि कथा पाएनौँ । त्यसपछि अजीतले  ‘पिंक’ बनाउने सल्लाह दिए ।’ उनले अगाडि भने, ‘अजीतको सुझाव सुनेर श्रीदेवी तुरुन्तै तयार भएको थिइन् किनकी उनलाई ‘पिंक’ को कथा निकै मन परेको थियो र अजीतले उक्त फिल्म राम्रो बनाओस् भन्ने पनि चाहान्थिन् ।’

एक भारतीय रिपोर्टको अनुसार फिल्मको नाम ‘थाला ५९’ हुनेछ । जुन २०१९ मा रिलीज हुनेछ । फिल्ममा एआर रहमानको संगीत हुनेछ । फिल्म पिंक २०१६ मा रिलीज भएको थियो जसमा मुख्य भूमिकामा अमिताभ बच्चन र तापसी पन्नू देखिएका थिए ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress