अवको समय सृजनशील युवाको समय हो : शान्ति नेपाल (उपप्रमुख ,गोकर्णेश्वर नगरपालिका )


काठमाडौं मङ्सिर २२  ।व्यायाम गरौ स्वस्थ रहौ भन्ने मुला नारालाई आत्मसाथ गर्दै  बिगत १६ वर्ष देखि जोरपाटीमा संचालन हुदै आएको जोरपाटी फिटनेस सेन्टर  गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकालबारीमा सरेको छ ।माकाल बारीमा सरेको उक्त जोरपाटी फिटनेस सेन्टरको आज एक कार्यक्रमको बीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा उक्त सेन्टरको उद्घाटन भएको छ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा  बोल्दै गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपालले आयोजकलाइ धन्यबाद दिदै ५० औं  एसियान बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पीयनशिप मा स्वर्ण पदक बिजेता महेश्वर महर्जनलाइ बधाई र थप सफलताको कामना गरेकी थिइन्।  १६ वर्ष देखि संचालनमा आएको फिटनेश सेन्टरले शारीरिक व्यायाममा उत्कृष्ट कार्य गर्दै आएकोमा बधाई र शुभकामना ब्यक्त गरेकी थिइन् ।उनले जति पनि मानिसहरु व्यायाम गर्न आउछन उनीहरुले आफ्नो ठाउ  नगरपालिका  र राष्ट्रपति केहि गर्नु पर्छ भन्ने म केहि गर्छु भन्ने  भावना बोकेर आएको खण्डमा पक्कै पनि त्यो उदेश्य पुरा हुने बताइन।

उनले अबको समय भनेको युवा हरुको भएको भन्दै युवाहरु आफ्नो शरीरको साथ् साथै सामाजिक सेवामा पनि सरिक हुनु पर्ने बताइन ।उनले महिलाहरुलाई पनि शारीरिक व्यायाममा सहभागी गराउन आवश्यक रहेको बताइन ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress