उपत्यकामा लागू जोर बिजोर प्रणाली हट्यो


सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ।

महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ।

यसअघि महाशाखाले मंसिर १३ देखि १६ सम्म उपत्यकामा जोर बिजोर नियम लागू गरेको थियो।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जनतालाई सास्ती  दिएको भन्दै जोर बिजोर प्रणालीको विरोध भएको थियो।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress