सिड्नीमा भब्य भयो नेपाल महोत्सव


सिड्नीको ब्यस्त पर्यटकीय क्षेत्र डार्लिङ हार्वरमा नेपाल महोत्सव भब्य र सभ्य रूपमा सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया न्यूसाउथ वेल्स राज्य समिति, नेपाल पर्यटन बोर्ड महाबाणिज्यदूतको कार्यालय न्युसाउथ वेल्स र सिड्नीका नेपाली सामुदायिक संस्थाको सहकार्यमा महोत्सव आयोजना भएको हो।

एनआरएन अस्ट्रेलियाको गतिलो ट्रेड मार्क बनेको नेपाल महोत्सवको एक समारोहबीच अस्ट्रेलियाका अध्यागमन मन्त्री डेविड कोलम्यानले शनिबार उद्घाटन गरे। उनले अस्ट्रेलियामा छोटो समयमा निकै फैलिएको र चर्चा कमाएको नेपाली समाजको पहिचान स्थापित भइसकेको बताए।

कार्यक्रममा विशेष अतिथिका रूपमा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले मुलुक चिनाउने यस्ता महोत्सवहरू निकै महत्वपूर्ण रहेको बताइन्।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

शेर्पाले नेपाली कला संस्कृतिसँगै मुलुकको पर्यटन प्रर्वधनका लागि महत्वपूर्ण मानिने यस्ता महोत्सवले देशको पर्यटन प्रर्वधनमा समेत ठूलो महत्व बोकेको सुनाइन्।

नेपाल फेष्टिभलले ‘वान कन्ट्री, मेनी स्टोरीज्’ नामक नारा रहेको कार्यक्रममा लेबरका सांसद जुली फीन र विश्व साइकल यात्री पुष्कर शाह, आइसीसीका पूर्व अध्यक्ष शेष घले, आइसीसी ओसेनिया क्षेत्रका संयोजक धर्मराज अधिकारीकोसमेत सहभागिता थियो।

कार्यक्रममा नेपालबाट गायक राजेश पायल राई, विश्व नेपाली, तृष्णा गुरूङ, पुशपति शर्मा, आँचल शर्मा, शिव हमालजस्ता कलाकारको प्रस्तुति थियो।

हजारौं नेपाली दर्शक र केही अस्ट्रेलियनकोसमेत सहभागिता रहेको महोत्सव बिहानदेखि राति अबेरसम्म चलेको थियो।

चर्चित कलाकारहरु समिर आचार्य, सुजाता उपाध्यायलगायतको स्थानीय प्रस्तुतीबाट सुरू भएका महोत्सवमा महत्वपूर्ण पाटोको रूपमा मुलुक चिनाउने नेपाल हाउस आकर्षण बनेको थियो। नेपालसम्वन्धी बिविध सामाग्रीसहित स्वयम्भुको आकारमा बनाइएको नेपाल हाउसमा हजारौ दर्शकले भ्रमण गरेका थिए।

‘हामीले मुलुकको पहिचान झल्काउने सबै खाले सामाग्री राखेर देशको झझल्को मेटाउने र बिदेशीलाई नेपाल चिनाउने अभियानका साथ नेपाल हाउसको ब्यवस्थापन गरेका छ,’ संयोजक सुधिरा शाहले बताइन्।

नेपाल महोत्सवमा सहभागिता जनाएर यसलाई सफल बनाउने सबै संघ संगठन र ब्यक्तिलाई आयोजक समितिकातर्फबाट संयोजक नन्द गुरुङले धन्यबाद प्रदान गरे।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले नेपाल महोत्सव एनआरएन अस्ट्रेलियाको महत्वपूर्ण  अभियानका रुपमा रहेको बताए।

सन् २००६ देखि सुरू गरिएको नेपाल महोत्सवको यो सातौं संस्करण हो। नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउनु यो फेष्टिभलको मुख्य उद्देश्य रहेको एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताए।

नेपाली गीत संगीत, नृत्य, खानाका परिकारहरू, हस्तकलाका समान र नेपालीको ब्यवसायबारे जानकारी फेष्टिभलको मुख्य आकर्षण थिए।

‘सीड्नी महोत्सव नेपाली समाजको महत्वपूर्ण हिस्सा बनिसकेको छ, यसले हरेक दुइ वर्षमा एउटा तरंगनै पैदा गर्छ अब हामीले यसलाई अझ फराकिलो स्थानमा लगेर बढी भन्दा बढी बिदेशीलाई ल्याउने बातावरण बनाउन सक्नुपर्छ’, पूर्व आइसीसी सदस्य बालचन्द्र भट्टराईले भने।

एनआरएनमा चुनाब लाग्यो

नेपाल महोत्सव सीड्नीको समाप्तीपछि एनआरएन अस्ट्रेलियामा चुनावी चहल पहल प्रारम्भ भएको देखिन्छ।

अबका केही महिनापछि हिजोसम्म मिलेर हिड्ने दौतरीहरू केही महिनाका लागि भने आ-आफ्ना गुट उपगुट र उमेद्वारको पक्षमा देखिने छन्।

अस्ट्रेलियाभर नेपालीहरू छरिएर रहे पनि आधा भन्दा बढि नेपाली सीड्नी वरपर नै बस्ने हुनाले यहाँका हरेक खाले गतिविधिमा सीड्नीको महत्वपूर्ण भूमिका रहने गर्छ।

नेपाल महोत्सव भब्य र सभ्य भए पनि भित्रि रूपमा भने पर्दा पछाडि केही घोचपेच चलेको सहजै अनमुान गर्न सकिन्थ्यो।

पदीय महत्व र भूमिका अनि आदरभाव एनआरएन भित्रको शान पनि हो। एनआरएन अस्ट्रेलिया अन्तर्गत एनएसडब्लु राज्यको आयोजनामा भएको महोत्सवको औपचारिक कार्यक्रममा ओसेनिया क्षेत्रका संयोजकलाईसमेत बोल्न नदिनुले अब चुनावी जोडघटाउ प्रारम्भ भएछ भन्ने संकेत गरेको छ।

बाहिरी रुपमा भब्य देखिए पनि एनआरएनकै पदाधिकारी कार्यक्रम स्थलमा  खै के खै के भन्दै हिँडेको दृष्यले आन्तरिक कलह र चुनाव लागेछ भन्ने सहजै अनुमान  लाउन सकिन्थ्यो।

हेर्नुहोस् केही तस्बिरहरू

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress