पत्रकार खसोग्गीलाई दिइएको दुःख-यातना सुन्नै सकिनः ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई आइतबार उपलब्ध खसोग्गीको हत्यामा दिइएको चरम यातनाबारे श्रब्यसामग्रीबारे आफुले जानकारी लिएको तर आफुले उक्त सामग्री सुन्नै नसक्ने प्रतिक्रिया दिएका छन् ।

यो कसैलाई यातना दिइएको टेप गरिएको श्रब्य सामग्री हो । यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठीन मानेको राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा उनले सो प्रतिक्रिया दिएका हुन्।

श्रब्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयङ्करका भएको उनको कथन थियो । आफुलाई सुनाउन खोजिएपनि उक्त सामग्री पूरा सुन्न नसकेको उनले बताए।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress