च्यासललाई हराउँदै त्रिभुवन विजयी


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच भएको दोस्रो खेलमा त्रिभुवन आर्मी १-० ले विजयी भएको छ।

हलचोक मैदानमा सुरू भएको खेलमा त्रिभुवन आर्मीले खेलको २८ ‍औं मिनेटमा गोल गर्न सफल भएको हो। त्रिभुवनका २९ नम्बरका खेलाडीले हेडिङमार्फत् गोल गर्न सफल भएका हुन्। अार्मीका सन्तोष तामाङले प्रहार गरेको कर्नरमा विकास खवासले हेड गोल गर्दै अार्मीलार्इ सुरुवाती अग्रता दिलाएका थिए। अन्त्यमा, त्यो नै निर्णायक गोल बन्न पुग्यो।

यसअघि मनाङ मर्स्याङ्दी र न्यूरोड टिमबीच भएको खेलमा मनाङले २-० ले जित हासिल गरेको थियो।

गत असोज १३ गते सुरू भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो। लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन्।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress