मेसीले २ गोल गरे पनि बार्सिलोनाको हार टार्न सकेनन्


रियल बेटिसले बार्सिलोनालाई उसकै घरेलु मैदानमा हराएको छ। चोटका कारण तीन साता मैदानबाहिर बसेका कप्तान लिओनेल मेसी फर्किएको खेलमा बार्सिलोना रियल बेटिससँग ४-३ गोल अन्तरमा पराजित भएको हो।

पाहुना टोली बेटिसको जितमा जुनियर फिर्पो, जोआकिनले बेटिस, जिओभानी लो सेल्सो, सर्जियो कानालेसले गोल गरेका थिए।

बार्सिलोनाका लागि कप्तान मेसीले २ तथा भिडालले एक गोल गरेका थिए।

विलियम कार्भाल्होको पासमा जुनियर फिर्पोले खेलको २० औं मिनेटमा गोल गर्दै घरेलु टोलीमाथि अग्रता दिलाएका थिए।

खेलको ४३ औं मिनेटमा जोआकिनले गोल गर्दै बेटिसको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २-० ले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको खेल खेले पनि गोल गर्न सकेन।

खेलको ६८ औं मिनेटमा लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। तर, त्यसको तीन मिनेटपछि टेलोको पासमा जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई पुनः २ गोलको अग्रता कायमै राखे।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका भिडालले ७९ औं मिनेटमा गोल गर्दै बार्साको पुनरागमन आशा जगाए। तर, इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड पाएर मैदान बाहिरिएपछि बार्सिलोना समस्यामा पर्‍यो।

खेलको ८३ औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै बेटिसको अग्रता पुन ४-२ मा पुर्‍याए।

इन्ज्युरी समयमा लिओनेल मेसीले व्यक्तिगत दोस्रो गोल गरे पनि पराजय टार्न सकेनन्।

यो हारसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ। बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाको समान खेलबाट २३ अंक छ। एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ ।

यस्तै एथ्लेटिको मड्रिड र आलाभेसको पनि समान खेलबाट २३ अंकसहित क्रमश तेस्रो र चौथो स्थानमा छ। १२ खेल खेलेको एस्पान्योल गएरातिको पराजियसँगै २१ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा छ। यदि गएरातिको खेल जितेको भए उसले बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर थियो।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress