यसवर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने

काठमाडौं–फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक पुूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । 

तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्ष जस्तो यस बर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो । 
यद्यपि ग्रामिण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाईका कारण केही मात्रामा भने आयात गर्नुपर्ने हुनसक्ने एशोसियसनले जनाएको छ ।
 पछिल्ला बर्षमा गोदावरी फूलको व्यवसायीक विकास र विस्तार हुदै गएकाले अब तिहारका लागि आवश्यक फुल स्वदेशी उत्पादनले नै धान्न सक्ने एशोसियसनका उपाध्यक्ष शिव बहादुर खड्काले बताए । 

आर्थिक बर्ष २०७४÷७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने २ करोड बढीको निर्यात भएको छ ।
 समग्रमा पुष्प व्यवसायकको बार्षिक बृद्धिदर १० देखि १५% को हाराहारीमा रहेको एशोसियसनले जनाएको छ । 
पछिल्लो समय ६ सय ९७ पुष्प व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन्् भने ४३ जिल्लामा व्यवसायीक पुष्प खेती बिस्तार भइसकेको छ । एसोसियसनले आर्थिक बर्ष २०७४÷७५ मा १ अर्व ८६ करोड बढीको कारोबार भएको जनाएको छ । 
मुलुकभर गरी १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । पुष्प व्यवसायमा ४३ हजार ५ सय बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको एसोसियसनले जनाएको छ ।

यसैबीच ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्य साथ प्रतियोगितात्मक प्रदर्शनी भईरहेको छ । 
गत विहिबार देखि जारी प्रर्दशनीमा गोदावरी फूलका विभिन्न प्रजातीका साथै मखमली, सयपत्री, बगानवेली, धुपी लगायत झण्डै ५ सय प्रकारका फूल राखिएको छ । फूलका पारखीहरुले मेला अवलोकन गरि विभिन्न जातका फूलहरु किनिरहेका देखिन्छन् । अवलोकनकर्ताहरु फूलै फूलले सजिएको मेलामा फोटो खिच्न पनि व्यस्थ देखिन्छन् ।

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress