आजदेखि माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि खुला

काठमाडौं–माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि आजदेखि खुला भएको छ । माथिल्लो तामाकोशीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन खुला गरेको हो ।

माथिल्लो तामाकोशीले १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कमपनीको विवरणपत्र  नागरिक लगानीकोष नयाँ बानेश्वर र सनराइज क्यापिटल लिमिटेडबाट हेर्न सकिनेछ ।

आवेदन फारम भने सि—आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । आवेदन दिने समय कात्तिक १९ गतेसम्म हो ।

यदि यस समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप हुनेछ । माथिल्लो तामाकोशीले यस अघि दुई चरणमा सेयर निष्काशन गरिसकेको छ ।

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress