२३ लाख ५६ हजारबढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं– आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।

सरकारले भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई देशभर भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेको हो । ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने काम भईरहेको महिला स्वास्थ्य स्वयम्सेविका सीता खड्काले जानकारी दिइन् ।

भिटामिन ए क्याप्सुल सुत्केरी महिलालाई पनि खुवाइएको उनले बताइन् ।

यस वर्ष ५ वर्ष मुनिका २३ लाख ५६ हजार भन्दाबढि बालबालिकालाई भिटामिन ए क्याक्सुल खुवाइने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका सबै स्थानीय तहको वडा स्तरमा नै महिला स्वास्थ्य स्वयमसेविकाहरुले भिटामिन ए तथा जुकाको औंषधि खुवाउँदैछन ।

अभियानमा देशभरका ३६ हजार केन्द्रमा ६० हजार महिला स्वास्थ्य स्वयमसेविकासहितको जनशक्ति परिचालन गरिएको छ ।

बाल मृत्यु दरलाई रोक्न सरकारले विक्रम संवत २०५० सालदेखि यो अभियान संचालन गर्दै आएको छ । बैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते भिटामिन ए कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्नुपर्ने भएपनि यस वर्ष दसैंका कारण आज र भोलीका लागि सारिएको हो ।

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress