कथा “काठमाण्डौ” को

नशा तथा रङगीन रात, शिक्षा अनि जीवनको फरक तीनकथा अथवा भनौं “कथा काठमाण्डौ”ले तीन फरक जीवनलार्इ प्रभावका साथ बयान गर्न कतै चुकेको छैन । एकनासले बग्ने पटकथामाथीको निर्देशन यति बलियो छ की चलचित्र जिवन्त बनिदिएको छ ।

 सपनाको शहर काठमाण्डौ, जहाँ बिपनामा भेटिएका हरेक पात्रले छाडीजाने पदचापले एउटा कथा वाचन गरीरहेको हुन्छ । काठ्माण्डौका बन्द कोठा भित्रको तीन यस्तो सरल कथा जुन कथाबारे चलचित्र बुन्न सिल्भर स्क्रिनमा दशकौैं खारिएकी सङ्गीता श्रेष्ठलार्इ पनि दशकौं लाग्यो । सिधा अर्थमा काठमाण्डौको कथा बुन्ने हिम्मत जो कोहीले गर्ने गर्न सक्दैन त्यो काम सङ्गीताले गरेकीछिन् “कथा काठमाण्डौ” को नामले ।

वरिष्ठ कलाकार हरीवंश अाचार्य तथा बुलेट फ्लोको “मेरी माया वेलकम टू काठमाण्डू, वेलकम टू दी धूलमाण्डू” गीतले वर्तमान काठमाण्डौको चित्र बयान गर्न एक्लै काफि छ । स्वाँस भर्न शुद्ध हावा कम धूलो बढी, घाट कम लाश बढी यदी कुनै शहरको नियती यस्तो हुँदो हो त त्यहाँ सपना हेर्ने र बुन्नेको कथा कस्तो होला ? यहाँको सपनाको भीडमा दौडिनु भनेको हरेकपटक धेरै काठमाण्डौसंग ठोक्किनु पनि हो । सपना हेर्न त कुनै शुल्क तिर्नु पर्दैन तर अाँखा खोलेदेखि अाँखा बन्द हुञ्जेलसम्म काठमाण्डौले जुन गतिमा दगुराउँछ त्यो गतिले नै तय गर्छ सपना र बिपनाबिचको अन्तर यहाँ जसले त्यो गतिको सामना गर्नसक्यो त्यसले काठमाण्डौ जित्यो, घुँडा टेक्नेहरुका लागि काठमाण्डाैले थेगीराख्न सक्दैन ।

पहिलो दोश्रो र तेश्रो कथा रिले अन्दाजमा अघि बढेको छ हरेक कथाका एक पात्र अर्को कथासंग सम्बन्ध राख्छन् । यसरी रिले फर्म्याटमा जोडीएका पात्रहरु अनावश्यक देखिदैनन बरु सरप्राइजिङ लाग्छन् ।

पहिलो कथा नोरा (प्रियंका कार्की) र सौरम (प्रमोद अग्रहरी)को कथालार्इ बयान गर्छ । कथा यस्तो जसले बडो वास्तविक ढङ्गबाट काठमाण्डौभित्रको नशा ग्ल्यामर र रङ्गीन रातको बयान गर्छ । कसरी एउटा गाउँबाट अाफ्ना अनेक सपनाको कथा बुनेर नोरा काठमाण्डौ प्रवेश गर्छे र त्यही सपनालार्इ साकार पार्ने क्रममा उसले सामना गरेको सेतो पाउडर भित्रको कालो असरको लत तथा त्यो लतको लोभमा उसले भोग्नुपरेको शारीरिक तथा मानसिक बलात्कारको पीडा “कथा काठमाण्डौ”को ताकत हो ।

कसले भन्छ चलचित्र “कथा काठमाण्डौ” भल्गर छ ? वाहयात तर्क राखेर रङ्गीन रातभित्रको वास्तविकतालार्इ नकार्न सकिन्न । सुन्दर मुहार भित्र हिंसाले दिएको रातो दागलार्इ ग्ल्यामरले कसरी छोप्छ यो हो ‘नोरा’को कथा । पहिलो कथाले तपाइलार्इ कहींकतै अल्मलिन दिनेवाला छैन । बिना संकोच परीवारका साथ बसेर हेर्न सकिन्छ “कथा काठमाण्डौ” । महिला हिंसाको फरक स्वरुपलार्इ निर्देशकले प्रभावकारी रुपमा पस्किन सफल भएकी छिन् ।

अब कुरो दोश्रो कथाको जहाँ काठमाण्डौको शिक्षाको मिठो स्वादका लागि राकेश (सञ्जोग कोइराला) ले महङ्गो तथा अाकर्षक एउटा कलेजमा ब्यवस्थापन संकाय पढ्नका लागि भर्ना हुन्छन् । कलेजको पहिलो दिन नै काठमाण्डौ भोगेका राकेशको सोझोपना कसरी उनको कमजोरी बन्छ र त्यो कमजोरीको भर्‍याङमा कसरी साथीहरु खलपात्रको रुपमा टाउकोमैं टेक्न खोज्छन् उनी कसरी अाफ्नो कमजोरीमाथी बिजय प्राप्त गर्छन ? यसका लागि चलचित्र हेर्नै पर्ने हुन्छ ।

अब पालो तेश्रो तथा “कथा काठमाण्डौ”को सबैभन्दा मनमोहक प्रेमकथाको । कथाले काठमाण्डौ जीवित पनि छ यहाँ साथीभाइका लागि, अाफ्नाका खोजीमा अर्काका निम्ति तथा जीवन जिउन अाशामा छोटो प्रेमका निम्ति अस्पतालभित्रको मनछुने कथा बयान गर्छ । तेश्रोकथाको २ मिनेटबाटै अवरुद्ध भएको गला चलचित्र नसक्किउञ्जेल सजिलो बन्दैन । अायूश (अायूश्मान देशमुख) तथा प्रेक्क्ष्या अधिकारी (शिखा)को यो जीवन संघर्षले बुनिदिएको प्रेमको कथा गज्जब ।

नशा तथा रङगीन रात, शिक्षा अनि जीवनको फरक तीनकथा अथवा भनौं “कथा काठमाण्डौ”ले तीन फरक जीवनलार्इ प्रभावका साथ बयान गर्न कतै चुकेको छैन । एकनासले बग्ने पटकथामाथीको निर्देशन यति बलियो छ की चलचित्र जिवन्त बनिदिएको छ ।

प्रियंका कार्की अब्बल छिन प्रमोद अग्रहरी उम्दा छन् सञ्जोग कोइराला सन्ध्या केसीले न्याय गरेका छन् अायूष्मान देशराज जोशी तथा प्रेक्क्ष्या अधिकारीको अभिनय प्यारो लाग्छ ।

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress