अमेरिकाको चेतावनीका बाबजुद भारतले इरानसँग पेट्रोल किन्ने

एजेन्सी– इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले भारतले इरानसँग तेल किन्ने प्रतिबद्धता जनाएको बताएका छन् । साथै भारत दुई देशबीच आर्थिक सहयोग जारी राख्न समेत प्रतिबद्ध रहेको उनले बताएका छन् । 
इरानका विदेशमन्त्रीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्ता पछि यो कुरा भनेका हुन् ।   समाचार एजेन्सी रोयर्टसका अनुसार दुई देशका विदेश मन्त्रीहरुको यो भेट न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको आमसभाको बैठकको साइडमा भएको थियो । 

यो वैठक यस्तो समयमा भएको छ, जब अमेरिका इरानको तेल व्यापारलाई प्रभावित पार्नको लागि नोभेम्बरदेखि उसको तेल आयातमा कयैन प्रतिबन्ध लागू गर्दैछ ।  भेटघाटपछि रिपोर्टरहरुले इरानका विदेशमन्त्रीसँग भारतले उनको देशबाट गरिरहेको तेल आयातलाई जारी राख्नेबारेमा के भनेको छ भन्ने प्रश्न गरेका थिए ।

उत्तरमा जरिफले भने– ‘ईरानसँग आर्थिक सहयोग एवम्  कच्चा तेल आयात जारी राख्नको लागि हाम्रो मित्रराष्ट्र भारतको धारणा सधैं स्पष्ट रहेको छ । मैले यही बयान मेरा भारतीय समकक्षीबाट पनि सुने ।’

बुधबारनै अमेरिकाको राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध पालना नगर्ने देशहरुले गम्भीर परिणाम सामना गर्नुपर्ने चेतावनी दिएका थिए । 

रिपोर्टरसँगको थप कुरामा मोहम्मद जवाद जरिफले भने– ‘भारतसँग हाम्रो व्यापारिक रुपमा मित्रवत सम्बन्ध रहेको छ र सम्बन्धमा सहकार्य पनि सामेल छ । किनकि इरान सधैं भारतको उर्जा आवश्यकताको भरपर्दो स्रोत रहदै आएको छ ।’ जरिफले आफ्नो सरकारले भारतसँगको द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन चाहेको बताए । 

दुई देशबीचको तेल व्यापार 

ओपेक देशहरुमध्ये इरान भारतको तेस्रो सबैभन्दा ठूलो तेल निर्यातक देश हो । इरानको कूल उत्पादनको करिब १०% तेल भारतले किन्छ । यसबापत भारतले इरानलाई १०० अर्ब डलरभन्दा बढी भुक्तानी गर्छ । चीन पछि भारत इरानको कच्चा तेलको दोस्रो सबैभन्दा ठूलो ग्राहक हो ।

अमेरिका इरानले आफुसहित ६ शक्ति राष्ट्रहरुसँग गरेको परमाणु सन्धिबाट बाहिरिएपछि भारतले इरानसँग गरिरहेको तेल आयातमा केही कटौती गरेको थियो ।  तर पनि भारत परिमाणु सन्धीबाट बाहिरिएपछि अमेरिकाले इरानमाथि लगाएको पहिलो चरणको प्रतिबन्ध पछि पनि इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने थोरै देशमध्ये एक हो । 

भारतले त्यो समय उसले अमेरिकाको एकतर्फी प्रतिबन्ध नमान्ने र अन्तर्राष्ट्रिय ममलामा उ संयुक्त राष्ट्रको निर्देशनमा मात्र चल्ने बताएर पन्छेको थियो । 

भारतले यही वर्ष इरानसँग तेल आयत बढाउने फैसला गरेको थियो । यो फैसला तब लिइएको थियो, जब इरानले भारतलाई बेच्ने तेलको ढुवानी शुल्क लगभग निशुल्क गरिदिने र उधारोको म्याद बढाउने अफर दिएको थियो । 

तर नोभेम्बर महिनामा अमेरिकाको थप प्रतिबन्ध लागेपछि भारतलाई इरानबाट तेल ल्याउनको लागि सजिलो नहुने जानकारहरु बताउँछन् । 
 

 
loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress