खाली खुट्टे फुटबल र त्यो आइसक्रिम गोल

प्रिय, ९ वर्षका एडिन्सन काभानी 

म यो चिठ्ठी त्यस बालकलाई लेख्दैछु । जसलाई छिमेकमा सबैले ‘पेलाडो’ भनेर बोलाउँछन् । 

जब तिमी सानो थियौँ, त्यतिबेला लामो कपाल थिएन । बिस्तारै बढ्दै गयो । यसका विषयमा तिमीले केही गर्न सक्नेवाला थिएनौँ । तर तिम्रो परिवारको सिर्जनशीलतालाई तिमीले धन्यवाद भन्नैपर्ने हुन्छ । परिवारका लागि तिमी सधैं ‘पलाडो’ थियौँ ।

म तिमीलाई यो सुनाउन पाउँदा निकै खुसी छु । आगामी २० वर्ष मा फुटबलले तिम्रो जीवनमा धेरै परिवर्तन ल्याउनेछ । केही राम्रो परिवर्तन र केही नराम्रा परिवर्तन । फुटबलकै कारण तिमी आफ्नो उपनामबाट टाढा हुनेछौँ । 

तिमीले देख्नेछौँ त्यहाँ ग्राबियल बाटिस्टुटा नामका एक जवान छन् । तिमीले उसलाई अझै चिनेका छैनौँ किनकी टिभीमा तिमीले धैर्यताका साथ हेर्ने कार्यक्रम भनेको ‘टम एन्ड जेरी’ हो । तिम्रो दाजु नान्डो बाटिस्टुटाबाट पहिले प्रभावित हुनेछन् । त्यसपछि उसले सैलुन जान छाड्नेछ । आमाको कन्डिसनर लगाउन थाल्नेछ र अन्त्यमा ऊ बाटिगोलजस्तै देखिनेछ । आफ्नो लामो कपाल हल्लाउँदै फुटबल मैदानमा दर्गुनेछन् र यो तिम्रा लागि मिठो सम्झना हुनेछ । 

एकदिन साहस जुटाएर तिमीले पनि आमालाई भन्नेछौं । ‘म कपाल काट्दिँन ।’ त्यसपछि तिमी घरबाहिर धेरै बस्नेछौँ । खुट्टामा बल हुनेछ । यो दक्षिण अमेरिकाको शैली हो ।

आखिर घरभित्र के छ र ? न कुनै मनोरञ्जन, न भिडियो गेम, न ठूलो टेलिभिजन, तिम्रो घरमा तातोपानी आउने सवार पनि छैन । जाडोमा हिटर छैन । हिटिङ सिस्टम भनेकै ब्ल्ङ्याकेट हो । जब तिमीले नुहाउन चाहन्छौँ । त्यतिबेला मट्टितेल स्टोभमा पानी तताउनेछौं । तातो पानी र चिसो पानीको अनुपात मिलाउन जरुरी हुनेछ । यसो गर्दा तिमी प्रयोगवादी हुनेछौँ । 

यो तिम्रा लागि आनन्दायी क्षण हो । पहिलो घरको सम्झना, जहाँ वाथरुम थिएन । हरेक समय तिमीले काम गर्नुपथ्र्यो र सानो टहरोबाट हिंड्नुपथ्र्यो । 

म तिमीलाई लुकाएर राखेको कुरा खोल्न चाहन्छु । जब अहिले यी क्षणहरु मेरो सम्झनामा आउँछन् । म कहिल्यै नराम्रो सोच्दिन । यसले मलाई न्यानो बनाउँछ । साहस दिन्छ । यो सुन्दर सम्झना हो । 
घरभित्र के छ भन्नेबारे चिन्ता नगर । आफ्नो जीवनलाई घामसँगै बाँच, पेलाडो । 

तिम्रो घरको भित्तामा फुटबल पोस्टर राख्नुको उद्देश्य के थियो ? जब दुई वा तीन वर्षमा जागिर फेरिन्छ वा तिम्रो परिवारले भाडा तिर्न सक्दैँन । तब, नयाँ ठाउँ सर्नुपर्ने हुन्छ । तर के तिमीलाई थाहा छ, जुनसुकै नयाँ ठाउँमा गएपनि त्यहाँको खुला क्षेत्रका धुलो हुनेछ । त्यहाँ सधैँ बल हुनेछ । संसारको कुनै पनि जमिनदारले यो तिमीबाट खोस्न सक्नेछैन । 

तिम्रो जीवनको सबैभन्दा महत्वपूर्ण कुरा त अहिले छ । यदी म राम्रोसँग सम्झन्छु भने त्यो आईसक्रिम गोल हो । आईसक्रिम गोलका विषयमा म अहिले पनि पेरिस सेन्ट जर्मेन (पिएसजीमा) कहिलेकाँही कुरा गर्छु । यो चमत्कारिक छ । यो पुरै प्रेरणादायी छ । यो, साल्टोको युवा लिगका आयोजकहरुको योजना थियो ।

यो बच्चाहरुको समूहलाई आकर्षित गर्नका लागि थियो । खेलमा कति स्कोर हुन्छ भन्नेसँग यसको सरोकार थिएन । 

नियम यस्तो थियो कि खेलको अन्तिम गोल हान्नेले आईसक्रिम पाउँथ्यो । चाहे, स्कोर ८–१ नै किन नहोस् । हार्ने टोलीले नै अन्तिम गोल फर्काएपनि गोल गर्र्ने खेलाडी यस्तो पुरस्कार पाउँथ्ये । यो समयविरुद्ध दौड थियो । जहाँ, अन्तिम गोल गर्न सबै लालयित हुन्थे । जब प्रशिक्षकले अन्तिम सिट्ठी फुक्थें र तिमी अन्तिम गोल गर्ने हुन्थ्यौं, तब आईसक्रिम गोल …. नसोचेको, पुरै मज्जा हुन्थ्यो । के तिमीले चकलेट पाउँछौ ? के तिमीले मिक्की माउसवाला प्याकेटबाट एउटा पाउँछौ ? पुरै दिन तिमी राजा हुन्छौ । 

तिमी राजधानीको बच्चा होइनौँ । त्यो पक्का छ । राजधानी मोन्टिभिडियोका बच्चाहरु फरक संसारमा हुन्छन् । अहिलेसम्म यो कहाँ पर्छ भन्ने पनि तिमीलाई थाहा छैन । यो एडिडास बुटको संसार हो र हरियो घाँसमा कार कुद्छ । साल्टोमा, विलकुल फरक छ ।सबै बच्चाहरु खाली खुट्टा खेल्छन् । उनीहरुले हरेक म्याचको सुरुवात जुत्ता लगाएरै गर्छन् । तर जब हाफटाइम हुन्छ । तब सबै जुत्ता एकै ठाउँमा थुप्रन्छन् अनि बच्चाहरु खाली खुट्टा कुद्छन् । 

अहिले पनि आँखा बन्द गर्दा म मेरो पैलातामुनी त्यही जमिनको माटो महसुस गर्नसक्छु । म अझै बल खेदाउँदै गर्दा मेरो मुटु धड्किएको महसुस गर्नसक्छु । आइसक्रिम जित्नका लागि गरेको त्यो प्रयास । 
तिमीले यस्तो अनुभव आफ्नो पुरै जीवनभर बोकेर हिँड्नेछौ किनकी तिमी दक्षिण अमेरिकी हौ । तिमी उरुग्वेबाट छौ । तिमी साल्टोवासी हौ । तिमी फरक तरिकाले फुटबलमा बाँच्नेछौं । 

उरुग्वेलीका लागि आर्शिवाद र सपथ भनेकै हामीले कहिल्यै आराम गर्नेछैनांै भन्ने हो । यो हाम्रो फुटबलको इतिहास हो । यो हाम्रो देशको इतिहास हो । जब उरुग्वेलीहरुले फुटबल जर्सी लगाउँछन्, उनीहरुले आफ्नो इतिहासको गौरव महसुस गर्छन् । 

हामीले सधैँ हिँड्नुपर्छ । गो,  गो, गो र तिमी अघि बढ्ने छौँ । 

तिम्रो सपना के छ पेलाडो ?

म अहिले ठ्याक्कै सम्झन सक्दिँन । समयले त्यसमा बादल थोपरिदिएको छ । 

के तिम्रो सपना मोन्टिभिडियोमा खेल्ने थियो, जस्तो नान्डो क्लबमा ? त्यो तिमीले गर्नेछौँ र तिम्रो लागि यस्तो गर्नु च्याम्पियन्स लिग खेल्नु बराबर हुनेछ । 

के तिम्रो सपना युरोपमा खेल्नु हो ? यो सपना तिमीले पूरा गर्नेछौ र पर्याप्त पैसा कमाएर परिवारको जीवन परिवर्तन गर्नेछौ । 

तिम्रो सपना राष्ट्रिय टिमबाट खेल्नु हो ? यो तिमीले गर्नेछौ । सुख र दुुखमा आँशु खसालेको अनुभव तिमीसँग हुनेछ । 

तिम्रो सपना विश्वकप खेल्ने हुनेछ ? (यसबारे म भन्नेछैन । यत्ति भन्नेछु, वर्ष २०१० मा तिमी पागल हुनेछौँ) 

के तिम्रो सपना धेरै पैसा कमाउने र राम्रो कार चढ्ने अनि महङ्गा होटलमा सुत्ने हो ? ठिक छ , पेलाडो तिमीले यो सबै पाउनेछौँ । 

तर मैले तिमीलाई भन्नुपर्ने हुन्छ । यो सबै तिमीलाई खुसी बनाउनका लागि पर्याप्त हुनेछैन । 

आज ९ वर्षको उमेरमा तिमीसँग जे छ । यसलाई म ३१ वर्षको हुुँदा धेरै मिस गर्दैछु । 

तिमीसँग तातो सावर छैन । तिमीसँग पकेटमा डलर छैन । तिमीसँग त अझै राम्रो कपाल पनि छैन । तर, तिमीसँग केही यस्तो चिज छ । जो अमूल्य छ । 

तिमीसँग स्वतन्त्रता छ । 

बच्चा हुँदा तिमीले आफ्नो जीवनलाई जुन शक्ति र धैर्यताका साथ जीउनेछौ । वयस्क भएपछि त्यो असम्भव छ । हामीले त्यही अनुभवमा बाँधिन चाहन्छौँ, जब हामी बढ्दै जान्छौँ । तर, यो हाम्रो मुट्ठीबाट छुट्दै जानेछ । त्यहाँ धेरै जिम्मेवारीहरु छन् । धेरै दबाब छ । भित्रै धेरै जीवन जिउनुपर्ने हुन्छ । 

के तिमीलाई थाहा छ ३१ वर्षको उमेरमा तिम्रो जीवन अहिले के छ ?

तिमी होटलबाट बस हुँदै टे«निङ ग्राउन्डमा जानेछौँ । त्यसपछि ट्रेनिङ ग्राउन्डबाट बस र प्लेनमा जानेछौं । त्यसपछि प्लेन र अर्को बस । त्यसपछि अर्र्को बस र रंगशाला । 

धेरै अर्थमा तिमी सपना बाँचिरहेको छौ र धेरै अर्थमा तिमी त्यही सपनाको बन्दी भएका हौ । तिमीले बाहिर गएर घामको महसुस गर्न पाउनेछैनौँ । तिमीले आफ्नो जुत्ता निकालेर धुलोमा खेल्न पाउनेछैनौ । यस्तो हुनेछ र तिम्रो जीवन धेरै कठिन हुनेछ । यो अपेक्षाकृत छ । 

जब तिमी बच्चा छौ, त्यतिबेला तिमीलाई भ्रम छ । सबै सम्पत्ती भएको मानिस सर्वाधिक सफल हो । 

जब तिमी हुर्किन्छौं, तिमीले महसुस गर्नेछौं कि सबैभन्दा सफल व्यक्ति त्यही हो जोसँग जीवन जिउने ज्ञान र विवेक छ । 

जब तिमी व्यवसायीक हुनेछौ । त्यतिबेला तिमीसँग सबै हुनेछ । जतिसम्म तिमीले कल्पना गरेका थियौ । यसका लागि तिमी साँच्चै, साँच्चै धन्य हुनुपर्छ । तर, म तिमीप्रति इमानन्दार हुनैपर्छ पेलाडो । त्यहाँ एउटा मात्रै ठाउँ छ, जहाँ तिमीसँग अझै पुरा स्वतन्त्रता बाँकी छ । त्यो ९० मिनेटसम्म चल्नेछ । यदी तिमी भाग्यमानी छौ भने । 

जब तिमीले बुट लगाउनेछौ । त्यतिबेला अन्य कुराको वास्ता हुनेछैन । तिमी साल्टोको धुलोमा खेल्दैछौं वा नेपल्सको हरियो घाँसे मैदानमा वा विश्वकपमा दशौँ लाखको अगाडि । 

म चाहन्छु, तिमीले  बाबुले भनेका शब्दहरु सधैँ सम्झनु । सधैँ तिमी खेल्न जानुअघि उनले के भन्थे ? मलाई थाहा छ यो शब्द तिमीलाई कन्ठस्थ छ । 

उनी भन्थे, ‘जब तिमीले सेतो घेरो क्रस गरेर मैदान छिर्नेछौ । त्यहाँ केवल फुटबल हुनेछ । सेतो घेरा बाहिर भएका केही कुराहरुले पनि तिमीलाई सेतो घेराभित्र के हुन्छ भन्नेमा सहयोग गर्नेछैन । केही बाँकी रहनेछैन ।’

यदी तिमीले ती शब्दहरु सुन्छौ, त्यसलाई तिम्रो आत्माले विश्वास गर्छौ । त्यतिबेला पनि जतिबेला दबाब उच्च हुनेछ र तिमी लाखौँका अगाडि खेल्न जाँदैछौं …तिमी मैदानतर्फ निस्कनेछौँ र त्यतिबेला तिमीलाई त्यस्तै महसुस हुनेछ, जस्तो खाली खुट्टा खेल्दा हुने गरेको थियो । तिमीले आफ्नो पैतालामुनी धुलो र माटो महसुस गर्नेछौ ।  

तिमीले तिम्रो छातीबाहिर मुटु धड्किरहेको महसुस गर्नेछौँ र तिमी बलको पछाडि कुद्नेछौँ । जस्तो तिमी संसारकै महान्तम ट्रफीका लागि खेल्दैछौ । 

जस्तो तिमी आईसक्रिमका लागि खेल्दैछौ । 

उही तिम्रो 
इडि 

(उरुग्वेका एडिन्सन काभानीले यस विश्वकपमा तीन गोल गरिसकेका छन् । )

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress